स्वास्थ्य सेवाका नाममा लुटिदैं सुदूरपश्चिमेली

वीरेन्द्र रावल २०७८ असोज ५ गते १०:४० मा प्रकाशित

वीरेन्द्र रावल,धनगढी,असोज ५÷सुदूरपश्चिम प्रदेशको एक मात्र रेफरल सेती प्रादेशीक अस्पतालमा सम्बन्धीत रोगका चिकित्सकहरुले प्रयाप्त मात्रामा सेवा नदिएका कारण आम सर्वसाधारणहरुले महंगो शुल्क तिरेर नीजि क्लिनीकहरुमा उपचार गर्न बाध्य भएका छन्।

सेती अस्पतालमा काम गर्ने डाक्टरहरुको निजी अस्पतालमा लगानी भएको र केही निजी अस्पतालहरुमा काम गर्ने गरेका कारण गुणस्तरिय सेवा नपाएको आरोप सेवाग्राहीहरुको छ।सेती प्रादेशीक अस्पतालमा काम गर्ने डाक्टरहरु अस्पतालमा नभेटिदा र भेटिए पनि निजी क्लिनिकमा जानुहोस् भन्ने गरेका कारण आफूहरु चार्को शुल्क तिरेर सेवा लिन बाध्य भएको सेवाग्राीहरु बताउँछन।

सरकारी अस्पतालमा भेटिदैनन् विशेषज्ञ डाक्टर मौसममा आएको परिवर्तनका कारण भाइरल ज्वरोका बिरामीहरु बढ्दै गएका छन।मौसम परिवर्तनसंगै फैलिएको भाइरल ज्वरोको प्रकोपमा बालबालिकाहरु परेका छन।

सोमबार बिहानैदेखि सेती प्रादेशीक अस्पताल अगाडिका धेरै क्लिनिकहरुमा भिडभाड देखिएको थियो।त्यो भिड थियो,भाइरल ज्वरोका बिरामीहरुको।
सेती प्रादेशीक अस्पतालको गेट निरै रहेको एक क्लिनिकमा बालबालिकासहितको महिलाहरुको भिड देखिन्थ्यो।त्यो भिड भाइरल ज्वरोबाट प्रभावित भएका बालबालिकाको उपचार गर्न आएकाहरुको थियो।

त्यही भिडमा रुदै गरेको साढे दुई वर्षको बच्चालाई काखमा च्यापेर बसेकी धनगढी उपमहानगरपालिका— १४ फुलवारीकी निर्मला खतिवडाले भन्नुभयो– हामी उपचार गराइरहेको क्लिनिक अगाडि ठूलो सरकारी अस्पताल छ।तर पनि हामीहरु निजी क्लिनिकमा उपचार गराउन बाध्य भएका छौं।उहाँले भन्नुभयो— दुई दिन भयो म लाइनमा लागेको आजपनि पालो आउने हो की होइन थाह छैन । आँखा अगाडि सरकारी अस्पताल छ।तर के गर्नु विशेषज्ञ डाक्टरहरु नहुँदा निजी क्लिनिकमा उपचार गराउन बाध्य छौं।

सरकारी अस्पतालमा उपचार गर्दा सस्तो पनि हुने थियो।तर,विशेषज्ञ डाक्टर नहुँदा निजी अस्पताल तथा क्लिनिकहरुमा र्चोक शुल्क तिरेर उपचार गर्न बाध्य छन सेवाग्राहीहरु।

सेती प्रादेशीक अस्पताल प्रदेशकै एक मात्र ठ्रूलो अस्पताल हो।तर,अस्पताल प्रशासनको लापरवाही र डाक्टरहरुको सेवा भाव भन्दापनि कामाउधन्दा भएका कारण सुदूरपश्चिमबासीहरुले सरकारी अस्पतालहरुका गुणस्तरिय सेवा पाउन सकेका छैनन्।

एक हातमा १३ महिनाको बच्चा,अर्को हातमा पानीको बोतल दिउँसोको प्रचण्ड गर्मीमा बच्चाको उपचारका लागि लाइनमा बस्नुभएका गोदावरी नगरपालिकाका कृष्ण कार्की भन्नुहुन्छ— डाक्टरहरुको रुपैया प्रतिको मोहले गर्दा गुणस्तरिय सेवा पाएका छैनौं।उहाँले भन्नुभयो— मौसममा आएको परिवर्तनसंगै बच्चामा भाइरलको प्रकोप देखियो।बच्चामा रुघाखोकी र ज्वरो लक्षण देखिएपछि सेती प्रादेशीक अस्पतालमा गए।तर त्यहाँ डाक्टर भेटिनु भएन।त्यहाँ भएका नर्सहरुलाई सोधे डाक्टरहरु कहाँ हुनुहुन्छ भनेर,उहाँहरुले भन्नुभयो—अस्पताल बाहिरको क्लिनिकमा डाक्टरहरुलाई भेट्न सक्नुहुन्छ।अनि मैले सोधे कुन क्लिनिकमा भेट्न सकिन्छ भनेर।उहाँहरुले भन्नुभयो—करुण मेडिकल हल र युग क्लिनिकमा।

कार्कीले भन्नुभयो—अनि बच्चालाई अस्पतालको गेटमै रहेको करुणा मेडिकल हलमा लगे र बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर प्रदिप मिश्रलाई देखाए।उहाँले भन्नुभयो— डाक्टर प्रदिप मिश्र सेती प्रादेशीक अस्पतालमा पनि काम गर्नुहुँदो रहेछ।तर,उहाँ सेती अस्पताल भन्दापनि निजी क्लिनिक करुणा मेडिकल हल र निर्सग अस्पतालमा बढी भेटिनुहुन्छ।सेतीमा उहाँ कहिल्य काहीँ मात्रै जानुहुन्छ रे मैले सुनेको।

सरकारी अस्पतालमा काम गर्ने डाक्टरको निजी अस्पाताल तथा क्लिनिकहरुमा लगानी भएका कारण उनीहरु बढि समय निजी अस्पताल तथा क्लिनिकहरुमा दिने गरेको सेवाग्राहीहरुले गुनासो गरेका छन।जसले गर्दा निजी अस्पतालमा चर्को शुल्क तिर्न बाध्य भएको उनीहरुको आरोप छ।

डाक्टरहरुको लापरवाहीका कारण सरकारी अस्पतालहरु पछिल्लो समय बदनामित हुँदै गएका छन।डाक्टरहरु सरकारी अस्पतालमा नबसेर निजी क्लिनिक र अस्पतालहरुबाट सेवा दिने गरेका कारण सरकारी अस्पतालहरु बदनामित हुँदै गएका हुन।

डाक्टरहरुको लापरवाहीले गर्दा आर्थिक अवस्था कमजोर भएकाहरुले उपचारनै नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था र्सिजना भएको छ।

त्यस्तै सेती प्रादेशीक अस्पताल अगाडि रहेको युग क्लिनिकमा पनि भिडभाड उस्तै थियो।युग क्लिनिकमा बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर हेमराज पाण्डे हुनुहुन्छ।उहाँ सेती प्रादेशीक अस्पतालको मेडिकल सुपरिटेण्डेन पनि हुनुहुन्छ।

युग क्लिनिकमा बच्चाको उपचारका लागि भेटिनु भएकी कञ्चानपुरको गुलरियाकी पूजा बिकले भन्नुभयो—सेती अस्पतालमा छोराको उपचार गर्न आएको थिए।तर, अस्पतालमा डाक्टर नभेटिएपछि अस्पताल बाहिरको क्लिनिकमा उपचार गरिरहेको छु।कति रुपैयाँ लाग्ने हो थाह छै।सेती अस्पतालमा भएको भए सस्तोमा उपचार हुने थियो।तर,के गर्नु निजीमा त डाक्टरकै पर्चाको मात्रै पाँच सय तिरे ।अरु कति तिर्नुपर्ने हो थाह छैन,उहाँले दुखेसो पोख्नुभयो।

यी क्लिनिकहरु त उदाहरण मात्रै हुन।धनगढीमा यस्ता थुप्रै अस्पताल तथा क्लिनिकहरु छन।जहाँ सेती प्रादेशीक अस्पतालमा कार्यरत डाक्टरहरुले सेवा दिन्छ।जसले गर्दा डाक्टरहरु सेती प्रादेशीक अस्पतालमानै भेटिदैनन।

चर्को शुल्क तिर्न बाध्य सेवाग्राहीहरु सेती प्रादेशीक अस्पतालहरुमा डाक्टरहरु नभेटिने गरेका कारण चर्को शुल्क तिरेर निजी अस्पताल तथा क्लिनिकहरुबाट सेवा लिन बाध्य छन,सुदू्ररपश्चिबासी।

निजी अस्पतालबाट सेवा लिदा डाक्टरको पर्चाको मात्रै पाँच तिरेको गुनासो सुनाउँदै चुरे गाउँपालिका वडा नम्बर ३ का उमेश शहाले भन्नुभयो—डाक्टरहरु सेती अस्पतालहरुमा भेटिने भएको भए निजी अस्पतालहरुमा जानुपर्ने थिएन। चर्को शुल्क पनि तिर्नुपर्ने थिएन।सरकारी अस्पतालमा डाक्टरको पर्चाको ५० रुपैयाँ मात्रै छ।तर के गर्नु डाक्टरहरु अस्पतालमनै हुँदैनन्।जसले गर्दा निजी क्लिनिकहरुमा उनीहरुको मनोमानी अनुसारको शुल्क तिर्न बाध्य भएका छौं।
उहाँले निजी क्लिनिकमा पिसाव,रगत,दिसा र खकार चेकजाँचको पाँच÷पाँच सयका दरले तिरेको बताउनु भयो।उहाँले भन्नुभयो—सरकारी अस्पतालमा डाक्टरहरु बस्ने भएको भए दुई हजार पाँच सयमा सबै उपचार गर्न सकिने थियो ।

सरकारी अस्पतालमा डाक्टरहरु नबस्ने भएकाले निजी अस्पतालहरुमा चर्को शुल्क तिर्न बाध्य सुदूरपश्चिमेलीहरु स्वास्थ्य सेवाका नाममा लुटिदै छन।सरकारी अस्पतालका डाक्टरहरुको निजी अस्पताल प्रतिको सुकावले गर्दा सुदूरपश्चिमबासीहरु स्वास्थ्य सेवाका नाममा लुटिदै गएका छन।जसको ज्वलन्त उदाहरण बनेको छ—सेती अस्पताल र कार्यरत डाक्टरहरु।

कार्यदल गठन गरेका छौं— सामाजिक विकास मन्त्री खड्का यता सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सेती प्रादेशीक अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि अस्पतालका मेसु हेमराज पाण्डेको नेत्तृत्वमा कार्यदल गठन गरिएको बताउनु भयो।उहाँले भन्नुभयो— सेती प्रादेशीक अस्पतालमा सेवा प्रभावकारी नभएको गुनासाहरु बढ्दै गएपछि सेवा प्रभावकारी बनाउन कार्यदल गठन गरिएको हो।

उहाँले कार्यदल गठन गरिसकेपछि मन्त्रालयले अस्पतालमा कार्यरत डाक्टरहरुलाई कार्यालय अवधिभर डूेससहित आउन निर्देशन दिएको बताउनु भयो।उहाँले भन्नुभयो—अस्पतालमा कार्यतर डाक्टरहरुलाई डेूससहित अस्पताल आउन निर्देशन दिएसंगै कार्यालय अवधिभर अस्पतालमै बस्नरे सेवा दिन निर्देशन दिइएको छ।
उहाँले यदि अनुगमनका क्रममा डाक्टरहरु कार्यालयमा बस्ने र सेवा प्रवाहमा लापरवाही गरेको देखिएमा कारवाही गरिने समेत बताउनु भयो।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया