अन्तर्राष्ट्रिय अपराध र सुधार विषयक कविता संग्रह प्रकाशनार्थ कविता आव्हान

इनेप्लिज २०७८ असोज ५ गते ९:५८ मा प्रकाशित

आज विश्वमा देखापरेको आपराधिक गतिविधि दिनानुदिन अतिक्रान्त बन्दै गएको छ।मानिसले आफ्नो स्वार्थका लागि अपराधलाईमाध्यम बनाउन थालेका छन्। यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन रसुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उद्धेश्यका साथ म्याडिसन कोठे गोष्ठी,अमेरिका र अनेसासको सहकार्यमाअपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित गर्ने योजना बनाइएको छ। डा. गोबिन्द रावत संयोजक रहेको समितिमा एकबहादुर छेत्री उपसंयोजक र सदस्यहरूमा गोबर्धन पूजा,सर्वज्ञ वाग्ले,दिनार श्रेष्ठ,निरन्जन मल्ल,सन्ध्या पहाड़ी, महेश्वर पन्त ररन्जना निरौला रहनु भएको छ।उक्त संग्रहका लागि आ-आफ्नो कविता पठाएर सहयोग गर्न ‘अपराध र सुधार विषयक अन्तर्राष्ट्रियकविता संग्रह प्रकाशन समिति’ सबै काब्यानुरागी स्रष्टाहरुमा अनुरोध गर्दै २५० शब्दमा कविता २०२१ अक्टुबर २० सम्ममा तलकोइमेलमार्फत बुझाउनु पर्नेछ।

[email protected]
प्राप्त कविताहरूबाट उत्कृष्ट कविताको संग्रह लेखनाथ जयन्तिमा प्रकाशित गरिने छ।

प्रतिक्रिया