मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०९:१३
वासिङटन डिसी 23:28

अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघको ११ औ बार्षिकोत्सवमा बसुन्धरा ब्रत साधनाको आयोजना गर्ने

इनेप्लिज २०७८ असोज ५ गते १:०० मा प्रकाशित

अमेरिका नेपाल परम्परागत बौद्ध धर्म संघको ११ औ बार्षिकोत्सवमा बसुन्धरा ब्रत साधनाको आयोजना गर्ने भएको छ । संघले मेरिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र वेल्सभिलको परिसरमा वाशिंगटनमा ऐतिहासिक पहिलो पटक साधनाको आयोजना गर्ने भएको हो ।

प्रत्येक बर्षको सबै भन्दा राम्रो साइत आश्विन कृष्ण पक्ष त्रितियाको अवसर पारेर सेप्टेम्बर २४-२५ मा यो साधना लुम्बिनी बिश्वबिद्यालयका पूर्व उपकुलपति प्रा डा नरेशमान बज्राचार्यको निर्देशनमा प्रमुख उपाध्याय समन्त बज्रचार्य र सहायक आचार्य यज्ञमान शाक्यहरुको गुरुजुको रुपमा यो कार्यक्रम हुन् लागेको हो ।

गत बर्ष अप्रिलमा यही कार्यक्रम उत्साहसाथ आयोजना गर्दा निकै उत्साह साथ सहभागिता र उत्सुकताको बाबजुद ६ हप्ता अगाडी स्थगित अनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

यस कार्यक्रमका प्रायोजकहरुमा एनईसिसि,एनपीपीए र एनओए रहेका छन् भने ५५ जना सहभागी छन । ८-९ जना स्वयम सेवकहरुको प्रतिबद्धता रहेको छ । बसुन्धरा ब्रत साधना काठमाडौँ उपत्यकामा निकै प्रचलित छ । यसको सामुहिक साधना स्वयम्भु लगायत विभिन्न ठाउँहरुमा सामुहिक रुपमा आयोजना गरिन्छ ।

नेपाल समुदायमा घरघरमा पनि उत्तिकै पारिवारिक रुपमा साधना गर्ने पनि उत्तिकै प्रचलित छ । दुवै आध्याध्मिक र भौतिक सुखको लागी यो साधन महत्वपूर्ण मानिन्छ भने स्वयम्भुको बाया पट्टि बसुन्धरा माताको मन्दिर अवस्थित छ ।

बसुन्धरा धर्तिको माताको रुपमा प्रमुख प्रतिनिधत्व गर्दछ भने यस ब्रतमा साधनमा नेपालमा दुई दिन सम्म लगातर नुन माछा मासु नखाई नियम पालना गरिन्छ । महिलाहरुद्वारा पहेलो वस्त्र धारण गरि यो साधनामा भाग लिईन्छ भने यो ब्रत साधनामा पति पत्नी दुवै संलग्न भएको राम्रो मानिन्छ ।

धन सम्पत्तिको लागि मात्र यो आराधन गर्ने नभएर आध्यात्मिक सुखको अल्गी पनि फलदायी मानिन्छ ।

वाशिंगटन डिसीमा हुने यो कार्यक्रममा विभिन्न सहभागी परिवारबाट खाना,पानी ,नगद र आवस्यक विभिन्न सामग्रीहरुको योगदान प्राप्त भएको छ । गत बर्ष साधनामा भाग लिने परिवारलाई बढी प्राथमकिता दिदै यसपाली सीमित संख्यामा यो कार्यक्रम आयोजना हुने भएको छ ।

आउदा बर्षहरुमा महामारीको स्थितिलाई हेरेर अझै व्यापक बनाउने आयोजक पक्षको अवधारणा रहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया