विराटनगर,४ असोज।राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकताको मोरङ जिल्ला अधिवेशनवाट निर्वाचित अध्यक्ष लगायत सदस्यहरुलाई आज यहाँ सपथ ग्रहण गराइयो।
राप्रपा मोरङको आज भएको भेलाले गएको भदौ २८ गते सम्पन्न अधिवेशनले अध्यक्षमा माधवप्रसाद आचार्य सहित ४१ सदस्यीय कार्य समिति सदस्यहरुलाई यहाँ सपथ ग्रहण गराइएको राप्रपा केन्द्रीय तराई मधेश प्रमुख दिनेश शाहले जानकारी दिनु भयो।
निर्वाचनमा अध्यक्ष आचार्यले श्यामबहादुर कार्कीलाई पराजीत गर्नु भएको थियो ।
राप्रपा जिल्लाको प्रथम बैठकले राप्रपाका जिल्ला भातृ संगठनहरु पूर्व प्रहरी परिषद्को संयोजकमा बिनेश्वर श्रेष्ठ,दलित संगठनको संयोजकमा बमबहादुर विश्वकर्मा,विद्यार्थी संगठनको संयोजकमा चेतन खड्का,किराँत सेवा संगठनको संयोजकमा केदार सुनुवार,मजदुर संगठनको संयोजकमा धनबहादुर बस्नेत, कानूनी परामर्श संयोजकमा वरिष्ठ अधिवक्त्ता उद्धवचन्द्र घिमिरे,मुस्लिम सगठनको संयोजकमा मोहम्मद नवि अन्सारीलाई चयन गरिएको छ।यसैगरी वैठकले महानगर पूर्व प्रहरी संयोजकमा राजकुमार श्रेष्ठ,विद्यार्थी संगठनको संयोजकमा रोजी फातमा रहनु भएको छ।
सपथ ग्रहण एवं वैठकमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरु क्रमशःप्रल्हादप्रसाद शाह,दिनेश शाह,विश्वमोहन थापा,केन्द्रीयहरु अम्विकाप्रसाद अधिकारी,छुमरु सरदार थारु,उर्मिला अधिकारी,हिरालाल सेन्चुरी लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया