मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:२५
वासिङटन डिसी 21:40

टेक्ससका एक चिकित्सकले नयाँ कानून अन्तर्गत गर्भपात प्रतिवन्धको उल्लङ्घन गरेको दावी गरेकोले मुद्धा दायर

गर्भपात कानुन आए पछिको राज्यकै पहिलो मुद्धा

इनेप्लिज २०७८ असोज ४ गते २२:१६ मा प्रकाशित

टेक्सस राज्यका एक चिकित्सकले नयाँ कानून अन्तर्गत गर्भपात प्रतिवन्धको उल्लङ्घन गरेको दावी गरेकोले उनि बिरुद्ध मुद्धा दायर गरिएको समाचार सिएनएनले लेखेको छ ।

सान एन्टोनियोका चिकित्सक जस्ले वाशिंगटन पोष्टमा टेक्सस राज्यमा ६ हप्ता पछि गर्भपात् गर्न प्रतिबन्ध रहेकोमा आफूलाई मन परेको दाबी गरे पछि अब उनी विरुद्ध प्रतिबन्ध अन्तर्गत एक मुद्दा दायर भएको छ।

सोमबार अर्कान्ससका एक पूर्व कर वकील अस्कर स्टिले जो कर अपराधमा एक संघीय सजायको लागी घर नजरबन्द सजाय भोगिरहेका छन् उनले मुद्धा दायर गरेको जनाएको छ ।

उनले बेक्सर काउन्टीमा चिकित्सक बिरुद्ध मुद्दा दायर गरेका हुन् भनिएको छ ।

सिएनएनसंगको दूरभाषमा (फोन )स्टिलीले आफू गर्भपात कानूनको विरोधी हुन् भने । तर राज्यले गर्भपातमा रोक लगाएको छ र न्यायाधीशले यस सम्बन्धमा संवैधानिकता शासन गर्ने बाटो खोली दिन उनको चाहना रहेको बताए ।

“म संविधान को एक समर्थक हुँ, र म कानूनको विरोधी हुँ।” स्टिलीले भने। स्टिलीले मुद्दा हालेको समाचार पहिलो पटक वाशिंगटन पोस्टले समाचार प्रकाशित गरेको थियो।

प्रतिक्रिया