मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०४:१७
वासिङटन डिसी 18:32

भर्जिनियाको बिद्यालयमा गोलीबारी चल्दा किशोरकिशोरी घाइते,बन्दुक चलाउने पक्राउ

इनेप्लिज २०७८ असोज ४ गते २१:४१ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको न्युपोर्ट न्युज शहरको बिद्यालयमा गोलीबारी हुँदा एक जना किशोर र एक जना किशोरी घाइते भएका छन् भने २ जनालाई चोट पटक लागेको प्रहरीले जनाएका छन ।

उक्त घटना सेप्टेम्बर २० सोमबारका दिन दिउसो भएको हो । न्युपोर्ट न्युज शहरको हेरिटेज माध्यमिक बिद्यालयमा गोली चले पछि १७ बर्षिय पुरुष र महिलालाई अस्पताल लागिएको र उनीहरु खतरामुक्त रहेको प्रहरीले जानकारी दिएका छन् ।

साथै अर्का दुईजनालाई अस्पतालमा लागिएको छ । बिद्यालयबाट भाग्ने क्रममा एक जनाको पाखुरा र अर्का दमका बिरामीलाई चोट पटक लागेको प्रहरी प्रमुख स्टेभी ड्रुले बताए । उनले उनीहरुको अवस्था बारेमा बताएनन ।

ड्रुले त्यहाँ “केहि प्रकारको झगडा” भएको बताए तर उनले गोली हान्ने विद्यार्थी थिए हुन् या हैनन् भन्ने बारेमा बताएनन ।

“मलाई विश्वास छैन कि त्यो एक यस्तो व्यक्ति हो जसले समुदायलाई चोट पुर्याउन खोजिरहेको छ,” ड्रुले सुरुमा भने। अनुसन्धानकर्ताहरुका अनुसार पीडितलाई संदिग्धको बारेमा थाहा थियो। उनले केही प्रमाणहरु पनि बिद्यालय र मैदानबाट फेला परेको बताए । घटना पछि बिधार्थीहरुलाई टेनिस खेल्ने मैदानमा पठाईएको थियो ।

भर्जिनियाका गभर्नर राल्फ नोर्थमले आफू उक्त घटना सम्बन्धि सम्पर्कमा रहेको बताएका थिए भने उक्त क्षेत्रमा नजान समेत आग्रह गरेका थिए भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

 

प्रतिक्रिया