संगीतकार शम्भुजीत र नव गायक किशोरको नयाँ गीत मेरी प्रेयसी

इनेप्लिज २०७८ असोज ४ गते १०:४८ मा प्रकाशित

काठमाडौं,४ असोज बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको शब्द सँगीत र नव गायक किशोर पाण्डेको स्वरमा नयाँ गीत मेरी प्रेयसी…बजारमा आएको छ । यो गीतको भिडियो आईतबार बेलुका काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको छ।

यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोलाई पनि संगीतकार बासकोटाले नै निर्देशन गरेका हुन्।गीतको भिडियोलाई शम्भुजीत सेभेन नोट्स युट्युव च्यानलबाट रिलिज गरिएको हो यो गीतको भिडियोमा अभिनेता दिवस उप्रेती र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ।उनीहरुको अभिनय राम्रो छ।जसमा गायक पाण्डे पनि प्रस्तुत भएका छन्।

दुई वटा गीत आफ्नो स्वरमा रेकर्ड गराएका यी नवोदित गायकले अर्को गीत पनि चाँडै रिलिज गर्ने बताए।स्कुले जीवन देखिनै गीत गाउने शौख भए पनि ब्यबसायबाट अबकास लिँदै गरेको अहिलेको अबस्थामा बल्ल आफु गायनमा लागेको पाण्डेले भिडियो सार्वजनिक कार्यक्रममा बताए।

किशोरको स्वर निकै मिठो भएकाले पर्यटन पेशाबाट फुर्सद निकालेर उनलाई गायनमा ल्याएको संगीतकार बासकोटाले बिमोचन कार्यक्रममा बताए । गायनमा लाग्ने चाहना पहिलादेखि नै भए पनि अहिले किशोर पाण्डेलाई गायनमा ल्याउन पाउँदा आफुलाई खुसी लागेको पनि बासकोटाले बताए।किशोर पाण्डे नेपालका कुशल पर्यटन व्यबसायी हुन्।उनी होटल, पर्यटन, अटोमोवाईल ब्यबसायमा स्थापित छन।

प्रतिक्रिया