‘मिस लुमियर नेपाल’टिमलाई सम्मान गर्दै पुनः संचालनमा आयो धरानको ‘फ्रेन्ड्स गार्डेन’

इनेप्लिज २०७८ असोज ४ गते १०:३१ मा प्रकाशित

इटहरी/ कोरोना महामारीका कारण होटल ब्यवसायले पनि ठूलो क्षती बेहोर्नु पर्यो । महिनौसम्म बन्द भएपछी कतिपय होटलहरु सदाका लागि बन्द भएभने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः संचालनमा आउन थालेका छन्।यस्तैमा धरानमा रहेर सेवा प्रदान गर्दै आएको फ्रेन्ड्स गार्डेन होटल पनि पुन: सन्चालनमा आएको छ।पहिलो चरणको लकडाउनले थलापरेको होटल खुलेपनी फेरि दोश्रो चरणको कोरोनाका कारण बिगत ४/५ महिनादेखी पुर्ण रुपमा बन्द थियो । होटल संचालकले शनिवार एक कार्यक्रम गरि फ्रेन्ड्स गार्डेनलाई पुन: संचालनमा ल्याएका हुन।

धरानमा भैरहेको ‘मिस लुमियर नेपाल २०२१’ का टिमलाई स्वागत तथा सम्मानको कार्यक्रम आयोजना गर्दै होटललाई पुनः सन्चालनमा ल्याइएको हो । कार्यक्रममा सन्चारकर्मी, इभेन्ट अर्गनाइजर, ताईवान बुद्धिस्ट एसोसिएसन नेपालका प्रतिनिधि तथा समाजसेवी समेत रहेका दिपेन्द्र राज शाक्यको पनि विशेष सहभागीता रहेको थियो । त्यस्तै कार्यक्रममा मिस लुमियर नेपाल २०२१ को आयोजक संस्था ‘एमसी ग्ल्यामर इन्टरटेन्मेन्ट’कि अध्यक्ष सरला श्रेष्ठ र कोरियोग्राफर सिम्रन श्रेष्ठ संगै प्याजेन्टका प्रतिष्पर्धीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको भिडियो ।

कार्यक्रममा बोल्दै शाक्यले फ्रेन्ड्स गार्डेनमा आफ्नो पुरानो सम्बन्ध र नबिर्सने सम्झना रहेको भन्दै पुनः सन्चालनमा आएकोमा सुभकामना दिएका छन्।त्यस्तै उनले मिस लुमियर नेपाल २०२१ टिमलाई पनि सफलताको सुभकामना दिएका थिए।पारिवारिक वातावरणमा स्वच्छ र ताजा खाना, खाजा लगायतका पेय पदार्थका आईटमका स्वादहरु लिन सकिने फ्रेन्डस गार्डेन होटलका संचालक शारदा लिम्बुले बताइन् । होटलमा साङितिक कार्यक्रमहरु पनि हुने बताइएको छ । विभिन्न ब्याण्ड तथा गायकहरुको लाईभ प्रस्तुतिले आगन्तुक ग्राहकहरुलाई मनोरञ्जन प्रदान समेत गरिने संचालक लिम्बुले बताइन् । फ्रेन्ड्स गार्डेन धरानको पुतलिलाईनमा बिगत ४ बर्षदेखि निरन्तर संचालनमा रहेको छ ।

 

प्रतिक्रिया