क्यानेडियन नेवाः गुठिको १५औँ बार्षिक साधारण सभा तथा नयाँ कार्य समिति निर्बाचन कार्य सम्पन्न

इनेप्लिज २०७८ असोज ४ गते ३:१७ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुठिको १५औँ बार्षिक साधारण सभा टोरोन्टो स्थित सेन्टेनियल पार्कमा सम्पन्न भएको छ।कार्यक्रमको उदघाटनको साथै उपस्थित सबैलाई स्वागत गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले गुठिको बिधान अनुसार गत बर्ष गर्नुपर्ने सो साधारण सभा कोविदले गर्दा गर्न नसकेको तर यसपालि स्वास्थय नियम पालना गरि गरेको बताउनु भयो।कार्यक्रमको शुरुमा नेपाल तथा क्यानडाको राष्ट्रिय गानको धून सफल श्रेष्ठले गिटारमा प्रस्तुत गरेका थिए भने उत्तम माकजु,नरेश ताम्राकार र बिनोद श्रे

ष्ठको समूहले धिमे बाजा प्रस्तुत गरेका थिए।

कार्यक्रममा मूल बक्ताको रुपमा बोल्नु हुदै गुठिका उपाध्यक्ष उत्तम माकजुले नेवा समुदायका बिभिन्न पर्बहरुको आफ्नै बिशेषता रहे जस्तै नेवा समुदायमा दैनिक रुपमा घर भित्र गरिने कृयाकलापहरुको पनि आफ्नै दर्शन र महत्व भएको हुन्छ भन्नु भयो।सो सम्बन्धमा उदाहरण प्रस्तुत गर्नु हुदै बिहान दैनिक रुपमा कुचोले बढार्ने कार्यको धार्मिक,सास्कृतिक,स्वास्थ्य र संस्कारिय दृष्टिकोण बाट ब्याख्या गर्नुको साथै कुचोलाई सृष्टीकर्ता ब्रम्हाको रुपमा मान्दै आएको बताउनु भयो।साथै उहाँले यस्तो महत्व भएको संस्कृतिको संरक्षण र निरन्तरताको लागि युबा बर्गको संलग्नता अपरिहार्य रहेको बताउनु भयो।

अर्का बक्ता टोरोन्टो बिस्वबिद्यालयमा नेवाः बौद्ध धर्ममा पिएच.डी. का बिधार्थी इएन टर्नरले नेपाल भाषाबाट बोल्नु हुदै नेवाः संस्कृतिको महत्व र उपयोगिता बारे प्रकाश पार्नु भयो भने क्यानेडियन नेवाः गुठि संगको सहकार्यले गर्दा आफ्नो अनुसन्धानमा पनि धेरै सहयोग पुग्न गएको बताउनु भयो।समाजसेवी ज्योति बैद्यले गुठि द्वारा संचालन गरिएका कार्यक्रमहरु सह्रानिय भएको बताउनु भयो।सो कार्यक्रममा गुठिका जेष्ठ सदस्य अस्ट कुमारी ताम्राकारलाई उहाँको भिम र थारोहणको उपलक्ष्यको साथै गुठि प्रति उहाँको योगदानको कदर गर्दै अध्यक्ष प्रकाश प्रधानले सम्मान पत्र सहित दोसल्ला ओढाई सम्मान गर्नु भयो।सम्मानित ब्यक्तिले गुठि द्वारा आफूलाई कदर गरेकोमा खुशी ब्यक्त गर्नु हुदे गुठिको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो ।

कार्यक्रमको दोश्रो चरणमा गुठिका महासचिब बिमल श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु हुदै गुठि भर्खरै १६ बर्षको तन्नेरि भएता पनि यस्का कार्यक्रमहरु प्रौढको जस्तो सशक्त भएको बताउनु भयो।गुठिका सचिब डा.प्रज्वल प्रधानले बर्षभरिको कार्यकमको लेखाजोखा गर्नु हुदै कोबिदको कारणले भौतिक रुपमा गर्न नसके तापनि जूम प्रबिधि मार्फत अझ बढि कार्यक्रमहरु गर्न सफल भएको बताउनु भयो।कार्यक्रममा कोषाध्यक्ष नरेश ताम्राकारले प्रस्तुत गरेको गत बर्षको आर्थिक प्रतिबेदन साधारण सभाले अनुमोदन गरिएको थियो।कार्यक्रममा निबर्तमान कार्यसमितिका पदाधिकारी तथा सदश्यहरुले आआफ्नो अनुभब ब्यक्त गरेका थिए।

सोहि साधारण सभाले क्यानेडियन नेवा गुठिको उन्नाइस सदस्य रहेको नया कार्य समिति निर्बिरोध निर्बाचित भएको निर्बाचन आयुक्त बारिस्टर अतुल सुबेदीले सभामा जानकारी दिनु भयो।जस अनुसार अध्यक्षमा प्रकाश प्रधान,उपाध्यक्षमा उत्तम माकजु, महासचिबमा बिमल श्रेष्ठ,सचिबमा सुमन राजबंसी,कोषाध्यक्षमा शरण श्रेष्ठ,सांस्कृतिक सचिबमा सुरेन्द्र लाल श्रेष्ठ,जन सम्पर्क संयोजकमा मिलि श्रेष्ठ राजभण्डारी र सदस्यहरुमा डा.प्रज्वल प्रधान,नरेश ताम्राकार,राजन श्रेष्ठ, बिनोद श्रेष्ठ,डा.रिन्जन श्रेष्ठ,डा.कृष्ण कायस्थ,रंजना प्रधान सैंजु,कृष्ण ध्वँजु,दिनेश श्रेष्ठ,शिव कारन्जित,राजेन्द्र महर्जन तथा पर्शु श्रेष्ठ हुनु हुन्छ।कार्यक्रमको अन्त्यमा राजबंसीका सदस्यहरुले नेपालभाषा,नेपाली तथा अन्य गीतहरु प्रस्तुत गरि मनोरन्जन प्रदान गरेका थिए।गुठिले कोबिदको कारणले सार्बजनिक रुपमा कार्यक्रम संचालन नगरि जूम प्रबिधि मार्फत गर्दै आएकोमा कोबिद सम्बन्धि स्थानिय प्रशासनको नियमलाई पालना गरि पहिलो पल्ट टोरोन्टोको सेन्टेनियल पार्कमा सो साधारण सभा आयोजना गरिएको थियो।

प्रतिक्रिया