मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:५९
वासिङटन डिसी 22:14

अमेरिकाको पेनसेलभेनियामा ‘दही–चिउरा’ बेबी सावर समारोहमा उपहारको बिषयमा विवाद हुँदा ३ जनालाई गोली प्रहार

इनेप्लिज २०७८ असोज ३ गते १७:२४ मा प्रकाशित

अमेरिकाको पेनसेलभेनिया राज्यमा ‘दही–चिउरा’ अर्थात् बेबी सावर नामक समारोहमा उपहारको बिषयलाई लिएर बहस र विवाद हुँदा गोली हानाहान भएको छ ।

गत शनिबार साँझ झगडा हुँदा ३ जनालाई गोली हान्दा घाइते भएको लोवर बुरेल प्रहरी प्रमुख जोन मारहेफ्काले पत्रकार सम्मेलनमा बताए । प्रहरीका अनुसार लोवर बुरेल शहरमा साँझ ६ पजे पछि झगडा भए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए ।

प्रहरीहरु त्यहाँ पुग्दा क्रियाशील बन्दुकधारी दही-चिउरा समारोहमा त्यहाँ थिएनन । प्रारम्भिक अनुसन्धानका अनुसार उपहार बिषयमा विवाद हुँदा पछि कुस्ताकुस्ती पनि परेको थियो । संदिग्धले ९ मिलिमिटरको अर्ध स्वचालित हात्र बन्दुक देखाए पछि ३ जनालाई गोली हानेका थिए ।

त्यहाँ करिव २५ जना जति पारिवारिक सदस्य र साथीभाईहरु जम्मा भएका बताए । प्रहरीले जानकारी दिए अनुसार २३ बर्षका पुरुष,१९ बर्षका महिला र १६ बर्षका युवालाई गोली लागेको छ /] सबैलाई पिट्सबर्ग अस्पतालमा उपचारको लागि लागिएको छ ।

प्रहरी प्रमुखका अनुसार जव प्रहरी त्यहाँ पुगे पछि बन्दुकधारी फायर बल नामक समारोह कक्षबाहिर आएका थिए । प्रहरीले कुनै दुर्घटना बिना उनलाई हिरासतमा लिएका थिए ।

संदिग्ध बारेमा कुनै त्यस्ता अन्य सूचना प्राप्त नभएको र हाल उनलाई नगर झ्यालखानामा राखिएको छ । आइतबार परेकोले उनलाई अन्य दिनमा अभियोग लगाईने छ भनि सिएनएनले समाचार लेखेको छ ।

 

प्रतिक्रिया