मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:४२
वासिङटन डिसी 21:57

पत्रकार सूर्य थापाद्वारा टेक्ससको भिरिदिएन समुदायको संचालक समिति सदस्यमा उम्मेदवारी

इनेप्लिज २०७८ असोज ३ गते १६:२४ मा प्रकाशित

अमेरिकामा एक पछि अर्को गरि विभिन्न राज्यमा नेपाली समुदायहरु मूलधारमा सहभागिता जनाउने र संलग्न हुने वृद्धि संगै पत्रकार सूर्य थापाले टेक्सस भिरिदिएन समुदायको संचालक समिति सदस्यमा उम्मेदवारी दिएका छन् ।

टेक्सास राज्यको ड्यालस नजिक आर्लिंगटन शहरको भिरिदिएन एक समुदाय हो । पछिल्लो समय नेपालीहरुको बाक्लो बस्ती रहेको भिरिदिएन समुदायको बोर्ड सदस्यमा सूर्य थापाले उम्मेदवारी दिएका छन् ।

ड्यालास क्षेत्र को नेपालीहरु बसोबास गर्ने ठूलो समुदाय मध्येमा पर्ने भिरिदिएन समुदायको संचालक समितिको एक सदस्यका लागि यहि सेप्टेम्बर २३ तारिख देखी ३० सम्म मतदान हुंदैछ ।

१ जना पदका लागी १० जना प्रतिस्प्रद्धा रहेको पदमा लगभग ३ हजारको हाराहारीमा रहेका भिरिदिएन बासीन्दाहरुले मतदान गर्न पाउनेछन् ।

पत्रकारिता र पछिल्लो समय घर खरिद बिक्रि अभिकर्ता (रियल्टर)को पहिचान बनाएका थापा कम्युनिटिको बोर्ड मेम्बर(समुदायको संचालक समिति )मा उम्मेदवारी दिने पहिलो र एक मात्र नेपाली रहका छन् ।

आकर्षक ढाचा (डिजाईन)का साथै बनाईएको यस समुदायको सुन्दरता जोगाईराख्न र सुरक्षा, वातावरण सुधार लगायतका काममा आफ्नो मुख्य ध्यान रहने
थापाले बताएका छन् ।

भिरिदिएन कम्युनिटीमा लगभग दुई सय परिवार नेपालीहरुको रहेको अनुमान गर्दै थापाले यहाँ रहनु हुने सबै नेपालीहरुको सहयोगको अपेक्षा गरेको बताएका छन् ।

सेप्टेम्बर २३ तारिख देखी एक घरको एकजनालाई ईमेल मार्फत मतदान लिंक (शृंखला) आउने र त्यहि लिंक मार्फत १० जना मध्ये १ जना सूर्य थापालाई मतदान गर्न सकिने छ ।

होम अनर एसोसिएसनलाई अमेरिकामा समुदायका लागि बलियो स्थानिय संस्थाका रुपमा लिईन्छ ।

प्रतिक्रिया