मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०८:१३
वासिङटन डिसी 22:28

इन्डियानाको अस्पतालमा कोभिड-१९ को खोप अस्विकार गर्ने १ सय २५ अंशकालिक कर्मचारीले जागिर छोडे

बिश्वमा खोप नपाएर मृत्यु भै रहेको अवस्था छ भने खोप भएर पनि लगाउन अस्विकार

इनेप्लिज २०७८ असोज ३ गते १०:५८ मा प्रकाशित

अमेरिकाको इन्डियाना बिश्वबिद्यालय स्वास्थ्य अस्पतालमा कोभिड-१९ को खोप लगाउन अस्विकार गर्ने १ सय २५ जना भन्दा ज्यादा अंशकालिक कर्मचारी(पार्ट टाइम )कर्मचारीले ले जागिर छोडेका छन् । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा अनिवार्य लगाउनु पर्ने र संक्रमणको अत्यधिक सम्भावना हुने अवस्थामा खोप नलगाउदा अन्यले जोखिम मोल्नु पर्ने हुन्छ ।

अमेरिकामा अधिकांश मानिसहरु खोप धार्मिक र अन्य कारण समेतले लगाई रहेका छैनन । गत शुक्रबार इन्डियाना बिश्वबिद्यालय स्वास्थ्य अस्पताल पद्धतिका प्रवक्ताले अंशकालिक कर्मचारीले खोप लगाउन अस्विकार गरे पछि जागिरबाट हात धुनु परेको जनाएका छन ।

उक्त राज्यमा उक्त अस्पताल सर्वाधिक बृहत स्वास्थ्य केन्द्र हो भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

“इन्डियाना युनिभर्सिटी हेल्थले गत सेप्टेम्बर १ सम्म कर्मचारीहरुलाई कोभिड -१९ बिरुद्ध पूर्ण खोप लगाउनु पर्ने गरी बिरामी र टोलीका सदस्यहरुको सुरक्षा र कल्याणलाई पहिलो प्राथमिकता दिएको छ,” इन्डियाना युनिभर्सिटी स्वास्थ्य प्रवक्ता बर्क्ली रियोसले भने।

गत सेप्टेम्बर १४ मा समाप्त भएको दुई हप्ताको अवैतनिक निलम्बन अवधि पछि कूल १२५ कर्मचारीहरुले खोप लिन नचाहेको भनि सँस्था छाडे।” उनले भने ।

प्रतिक्रिया