मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०३:११
वासिङटन डिसी 17:26

नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)द्वारा विभिन्न समिति गठन

इनेप्लिज २०७८ असोज ३ गते ४:०४ मा प्रकाशित
वाशिंगटन डिसी। नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) ले चॉडो भन्दा चॉडो सामुदायिक भवन निर्माण गर्न र संस्थाका गतिविधिहरुलाई सुचारु अगाडि बढाउन विभिन्न समितिहरुको गठन गरेको कुरा एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।
समिति निर्माणको लागि न्याकले समुदायका सदस्यहरुलाई समितिमा रहनका लागि आफ्नो अभिरुचि पठाउन अनुरोध गरेको थियो ।समितिहरुको विस्तृत विवरण देहाय बमोजिम रहेको छ ।
ठाकुर ढकालको संयोजकत्वमा गठित ईन्जिनियरिंग तथा डिजाइन कमिटीको सदस्यमा राम मिश्र,प्रशान्त गोंगल,डा देश सम्योक,शंकर घिमिरे,शिव नेपाल,डा उपेन्द्र कर्ण, प्रेम पौडेल र मदन उप्रेती रहनु भएको छ।
यस्तै गुणराज लुइटेलको संयोजकत्वमा गठित मिडिया र पब्लिक रिलेसन कमिटीको सदस्यमा केशव सिग्देल,कल्याण कोइराला,केशव अधिकारी,निदेश अधिकारी,राजेन्द्र खनाल र दोबा ढकाल रहनुभएको छ।
यस्तै बिना खड्का लामाको संयोजकत्वमा गठित सांकृतिक समितिमा डा.देशराज संयोक,महेश चौधरी,नवीन केसी,कृति खड्का,प्रकाश नेपाल मोहन यादव,कृष्ण चापागाई, चन्द्र लामा,रुपेन गुरुंग,रोशन कैनी,चन्द्रकुमारी गुरुंग,यज्ञमान शाक्य,राजेन्द्र खनाल,विजय सिंह,होमनाथ चापागाई,सुनिता खत्री,पुरू सुवेदी,अर्जुन ढुंगेल,बिजय ओझा ईश्वर तामांग राम खत्री क्षेत्री र लक्ष्मी शर्मा हुनुहुन्छ ।
आरती सिग्देल पराजुलीको संयोजकत्वमा गठित न्याक जुनियर समितिमा कृष्णा पराजुली,कल्याण कोइराला,प्रतिभा गौतम-पौड्याल,गोपाल उप्रेती बिना खड्का लामा,कृति खड्का र जयंती बिष्ट हुनुहुन्छ।
यस्तै प्रज्ञान आचार्य एवं प्रेम पौडेलको संयोजकत्वमा गठित युवा एवं पेशागत समितिमा लज्जा उप्रेती, मुकेश तिमिल्सिना, किशोर कार्की,कृष्णा पराजुली,श्रेया पराजुली, हरि भण्डारी,अशोक कोइराला,कविता घिमिरे,आशिष खनाल,सुदीप श्रेष्ठ,प्रतिभा गौतम-पौड्याल,गोविन्द घिमिरे,चन्द्र लामा,दोबा ढकाल,बीना खड्का लामा, गोपाल उप्रेती, जयंती बिष्ट र नानीराम पोखरेल रहनु भएको छ।
यस्तै सुनिता खत्रीको संयोजकत्वमा गठित महिला समितिमा सदीक्षा बस्नेत,अंजली ढकाल,बिष्णु के.सी, कमला खरेल,मन थापा, तोया पौड्याल र हरि पुडासैनी हुनुहुन्छ।
यस्तै डा.मदन उप्रेतीको संयोजकत्वमा गठित फण्ड रेज समितिका सदस्यहरुमा,संजय धोज जोशी,दोबा ढकाल,मनोज सुवेदी,दिनेश शर्मा,डा उपेन्द्र कर्ण राजन घिमिरे,तोया पौड्याल, लक्ष्मी शर्मा, प्रेम पौडेल, केशव बराल र लज्जा उप्रेती हुनुहुन्छ ।
केशव बरालको संयोजकत्वमा गठित कोष ब्यवस्थापन समितिमा रहनु भएका सदस्यहरुमा गणेश बनिया,सदीक्षा बस्नेत,काजी बुढाथोकी र मोहन निरौला हुनुहुन्छ।
चन्द्र लामाको संयोजकत्वमा गठित खेलकूद एवं स्वयंसेवक समितिमा सन्तोष शर्मा सुवेदी,दीपक पौड्याल,महेश चौधरी,अशोक कोइराला,मनोज सुवेदी,शंकर घिमिरे, आनन्द लामा,लक्ष्मण पौडेल,मोहन निरौला र इश्वर तामांग रहनु भएको छ।
दिल बिष्वकर्मा (डीबी सागर) को संयोजकत्वमा गठित कानूनी परामर्श समितिको सदस्यमा महेन्द्र शिवाकोटी,मेदिनी अधिकारी,डा.गुणराज सुवेदी,र गोविन्द मैनाली हुनुहुन्छ ।
संचालन सुपरीवेक्षण समितिको संयोजकमा गोपाल रेग्मी र सदस्यहरुमा राम मिश्र,डा उपेन्द्र कर्ण शिव नेपाल र प्रेम संग्रौला रहनु भएको छ।
डा लेखनाथ अधिकारी र प्रज्ञान आचार्यले संयोजन गर्नु भएको आईटी समितिको सदस्यहरुमा सन्तोष शर्मा सुवेदी,चैतन्य देवकोटा,असिम तिमल्सेना,नानीराम पोखरेल,राज गौतम,माधव सापकोटा,आनन्द पौड्याल,केशव न्यौपाने,निमा वाग्ले र सुरज अर्याल हुनुहुन्छ।
यस्तै डा लेखनाथ अधिकारी र प्रभाकर ढुंगानाले संयोजन गर्नु भएको न्याकको डाटाबेस समितिका सदस्यहरुमा दिनेश शर्मा,दीपक पौड्याल,राजन घिमिरे,सुदर्शन घिमिरे, सरोज नेपाल, मनोज सुवेदी र प्रज्ञान आचार्य हुनुहुन्छ।
ददी ढुंगानाको संयोजनमा गठित विधान संसोधन समितिमा मुक्ति पन्त,देश सम्योक,सुबोध रेग्मी,नरेश उप्रेती,उज्ज्वल कार्की,कल्याण कोइराला,महेन्द्र शिवाकोटी,राजन घिमिरे,लक्ष्मी शर्मा,केदार तिम्सिना,पुरू सुवेदी,टीका मैनाली,ठाकुर ढकाल,प्रेम पौडेल डा, लेखनाथ अधिकारी, डा गुणराज सुवेदी रहनु भएको छ।
डा कल्पना सत्याल संयोजक रहनु भएको हेल्थ र वेलनेस कमिटीमा सन्तोष शर्मा सुवेदी,सबिना श्रेष्ठ,प्रकाश नेपाल र शोबकान्त अधिकारी,मञ्जु संग्रौला,पुरू सुवेदी,लक्ष्मी शर्मा र समीक्षा सापकोटा सदस्य हुनुहुन्छ।
यसैगरी लेखापरीक्षण समितिमा पुरू सुवेदी,प्रेम संग्रौला,तारानाथ पोखरेल,पवन खनाल (मनोनित), टीका मैनाली,राजन अधिकारी (निर्वाचित) र ग्रिष्म दाहाल (निर्वाचित) रहनु भएकोछ।
माथि उल्लेखित समितिहरु मध्य ३ वटा समितिहरु- अपरेशन ओभरसाइट कमिटी,लिगल कमिटी र अडिट कमिटी बोर्ड अफ ट्रष्टी अन्तर्गत र अन्य सवै कमिटीहरु न्याक कार्य समिति अन्तर्गत रहेका छन।
समितिमा नरहेता पनि न्याकका जुनसुकै सदस्यले पनि आफूले चाहेको बेला न्याक कार्य समितिलाई सल्लाह र सुझाव दिन साथै आफ्नो श्रमदान दिनुहुनको लागि न्याकले अनुरोध गरेको छ।

प्रतिक्रिया