मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:५६
वासिङटन डिसी 20:11

डिसीमा जनवरी ६ का लागी न्याय नामक जुलुसमा सहभागी भएकाबाट प्रदर्शनकारीबाट बन्दुक र छुरा फेला

इनेप्लिज २०७८ असोज २ गते २१:३३ मा प्रकाशित

गत बर्ष जनवरी ६ ,२०२० का दिन अमेरिकी संसदमा राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति हुन् बन्चित गर्ने उद्देश्यले प्रहरी ,संसद भवनमा गरिएको आक्रमण रबिद्रोहमा संलग भएका बिद्रोहीहरुको पक्षमा संसद भवन छेउछाउमा भेलाको आयोजना सम्पन्न भएको छ ।

डिसीमा जनवरी ६ का लागी न्याय (अर्थात् जे सिक्स फर जस्टिस )नामक भेला -जुलुसमा सहभागी भएकाबाट प्रदर्शनीकारीबाट बन्दुक र छुरा समेत प्रहरीले फेला पारेका छन् ।

जे ६ का लागि न्याय भन्ने भेलामा ठूलो संख्यामा प्रहरीहरुको उपस्थिति रहेको थियो । क्यापिटल प्रहरी(संसद)का अनुसार शनिबार करिब ४ सय देखि ५ सय जना प्रदर्शनकारी उक्त भेलामा आएका थिए । तर वाशिंगटन डिसीमा कडा सुरक्षा बनाईएको छ ।

जनवरी ६ का दिन कैपिटल भवनमा आक्रमण गर्ने विद्रोहीहरुको समर्थनमा जुलुस आएको हो । न्याय विभागका अनुसार कम्तीमा ६१० व्यक्तिहरुलाई संघीय रुपमा जनवरी ६ मा दंगामा उनीहरुको संलग्नताको आरोप लगाइएको छ। झण्डै ६० जना हिरासतमा छन् ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई “सेटअप” अर्थात् जारी राख्ने भने तर आरोपितहरुलाई समर्थन गर्ने भनि वक्तब्य पनि जारी गरेका छन् । सदन र सिनेटमा कोही पनि सांसद तथा सिनेटरहरु शनिवार छैनन् । तर सुरक्षा उपायहरु कडा गरिएको छ । छेउछाउमा घेरावारा लगाईएको छ ।

जुलुसमा कथित रुपमा बन्दुक बोकेका एक व्यक्तिलाई पक्राउ गरी गैरकानुनी गतिविधि गरेको आरोप लगाइएको क्यापिटल प्रहरी(संसद प्रहरी )ले जनाएको छ। एक प्रत्यक्षदर्शीले प्रहरीलाई दिउँसो १:३० बजे भीडमा रहेका एक व्यक्तिसंग “बन्दुक जस्तो ” भएको देखेकोले प्रहरीले सामाजिक संजाल ट्विटरमा प्रकाशित गरेका थिए ।

आयोजक म्याट ब्रायनार्डले प्रदर्शनकारीहरुलाई धन्यवाद दिएका थिए । र्‍याली सुरु हुनुभन्दा ठीक अगाडि हतियार उल्लंघन गरेको आरोपमा एक व्यक्तिलाई चक्कु सहित पक्राउ गरेको प्रहरीले जनाएका छन् ।

उनलाई दिउँसो १२:४० बजे गिरफ्तारी गरिएको थियो भनि डब्लुटिओपीले समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया