मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:५४
वासिङटन डिसी 20:09

भर्जिनियाको फेयरफ्याक्समा घरेलु झगडामा गोली चल्दा एक व्यक्तिको मृत्यु ,महिला घाइते ; संदिग्ध पक्राउ

इनेप्लिज २०७८ असोज २ गते २०:१६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्समा घरेलु झगडामा गोली चल्दा एक व्यक्तिको मृत्यु भएको छ भने महिला घाइते भएको समाचार एनबिसी वाशिंगटनले लेखेको छ ।

प्रहरीका अनुसार संदिग्धलाई पक्राउ गरिएको जनाईएको छ ।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार हाइब्ला भ्याली नामक स्थानको ७९०० स्थित जाना लि एभेन्युमा घटना घटे पछि प्रहरीहरु त्यहाँ पुगेको जनाएका छन ।

प्रहरीका अनुसार पुरुष र महिला दुवैलाई गोली प्रहार गरिएको जनाएका छन् । पुरुषको घटनास्थल मै निधन भएको छ भने महिलालाई अस्पताल लगिएको छ ।

उनि गम्भीर घाइते भएकी भएता पनि उनि खतरामुक्त रहेकी छिन भनि प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया