डस म्युजिकको प्रस्तुती रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ असोज २ गते १६:१२ मा प्रकाशित

डस म्युजिकको प्रस्तुतीमा रहेको रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ।डि.पी खनालको शब्द,संगीत तथा स्वरमा रहेको यस गीतमा डिपिको साथमा रचना रिमालले स्वर दिएकी छिन।विश्व अधिकारीले संगीत संयोजन गरेको गीतलाई बिप्लव अधिकारीले ओपल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरेका हुन्।

सुब्रतराज आचार्यले निर्देशन गरेको सार्वजनिक भिडियोमा मोडल सुधिर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ।भिडियोमा आफ्नो जमानाको कलेज लाईफको सम्झना गरिएको छ।बुढेसकालमा युवायुवतीको प्रेम देखेर आफ्नो पुरानो प्रेम कहानी सम्झना गरिएको छ।क्याम्स पढ्ने बेला युवा युवतीबीच हुने आकर्षण र त्यसको सार्थकता पुरा भिडियो हेरेपछि बुझिन्छ।

गीतकी निर्माता सदु थापा खनाल हुन् । दिपेन गौतम माईकल प्रोडक्शन डिजाईनर रहेको भिडियोका सह-निर्देशक साईब्रत आचार्य हुन् भने क्रियटिभ निर्देशक जया शर्मा हुन।उत्सव दाहालले छायांकन गरेको भिडियो बिजेश पौडेलले सम्पादन, कलर तथा भिएफएक्स गरेका छन् ।
हेर्नुस् पूरा भिडियो

प्रतिक्रिया