राष्ट्रिय सहमती कायम गरी एमसिसि पास गर्नुपर्छ–डा. कोइराला

इनेप्लिज २०७८ असोज २ गते १५:३६ मा प्रकाशित

विराटनगर,२ असोज।नेपाली काग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सवै दलहरुवीच राष्ट्रिय सहमती कायम गरी एमसिसि पास गर्नुपर्ने बताउनु भयो।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गदै उहाँले विगतमा अरुण तेश्रो फर्केर जाँदा देश अन्धकारमा गएको तर्फ ध्यान दिई पूर्व प्रधानमन्त्रीहरुवीच छलफल गरी यो विकासको योजनालाई सहमती कायम गरि पास गर्नुपर्नेमा जोड दिनु भयो।

नेता कोइरालाले साथीभाईसंग सल्लाह गरेर मात्र आफुले केन्द्रीय सभापतिको उम्मेदवारी घोषणा गर्ने बताउनु भयो।उहाँले भखर्रै वडा अधिवेशन शुरु भएको, महाधिवेशन प्रतिनिधि,महासमिति र जिल्ला अधिवेशन पछि अध्यक्षको उम्मेदवारी घोषणा सार्वजनिक गर्ने प्रष्ट पार्नु भयो।

नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भयो,तर अलोकतान्त्रिक पद्धतिबाट विधान मिचेर सञ्चालन भइरहेकोले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो।

नेता कोइरालाले नेपाली काँग्रेसको ७५ वर्षको इतिहासमा पुलिस प्रशासन लगाएर अधिवेशन भएकोमा त्यसको विरोध गर्नुपर्ने बताउनु भयो।

उहाँले दुई प्रदेश मध्ये एक प्रदेशको नेतृत्व काँग्रेसले पाउनु पर्छ भन्दै गठनवन्धन दलका नेताले दुई प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु गैर जिम्मेवारी हो भन्दै प्रदेश नं १ वा वाग्मती मध्ये एक प्रदेशमा मुख्यमन्त्री हाम्रो हुनुपर्छ भन्नु भयो।

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म जानु पर्छ तर चुनावी तालमेलमा जानु हुदैन नेता कोइरालाले भन्नु भयो।

प्रतिक्रिया