मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:०२
वासिङटन डिसी 20:17

मेक्सिकोबाट टेक्ससको सीमामा जम्मा भएका हेटीका आप्रवासीहरुलाई हवाईजहाजबाट फिर्ता पठाइने

इनेप्लिज २०७८ असोज २ गते १२:३५ मा प्रकाशित

मेक्सिकोबाट टेक्ससको सीमामा जम्मा भएका हेटीका आप्रवासीहरुलाई हवाईजहाजबाट फिर्ता पठाइने भएको अधिकारीहरुले जनाएका छन् । बाइडेन प्रशासनले आइतबारदेखि हेटीको उडानको लागि टेक्ससको एउटा सानो सहरमा आप्रवासीहरुलाई व्यापक निकासी गर्ने योजना बनाएको छ।

अत्यधिक रुपमा हुलका हुल मानिसहरु मेक्सिकोबाट आई पुल मुनी जम्मा भएका छन् ।

विवरण अझै पक्का हुन बाँकी छ तर सम्भवतः एक दिनमा पाँच देखि आठ उडानहरु सम्मिलित हुने बताईको छ । एक अन्य प्रशासनिक अधिकारीले आफ्नो नाम न छाप्ने शर्तमा बोल्दै दिनमा दुईवटा उडानको अपेक्षा गरेका थिए र भने कि सबै आप्रवासीहरुको कोभिड -१९ को परीक्षण गरिनेछ।

अमेरिकी अधिकारीहरूले शुक्रवार अराजकता फैलिएपछि डेल रियो टेक्ससको एक मात्र सीमा नाकामा दुबै दिशामा सवारी साधन र पैदल यात्रीहरुको लागी यातायात बन्द गर्नु परेको थियो ।

बाइडेन प्रशासनलाई ठुलो चुनौती भएको छ भने ठूलो संख्यामा शरण खोज्नेहरुको व्यवस्थापन गर्ने प्रयास गरेको छ। अमेरिकी सीमा शुल्क र सीमा सुरक्षाले सिउदाद एकुना, मेक्सिकोसंग सीमा नाका बन्द गर्ने जनाएको छ । “तत्काल सुरक्षा र सुरक्षा आवश्यकताहरुलाई जवाफ दिन टेक्ससको ईगल पास जुन ५७ माइल्स टाढा जान निर्देशन दिइएको छ भनि एबिसी न्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया