मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०६:५३
वासिङटन डिसी 21:08

लायन्स क्लवद्वारा नवलपरासीको सहूबाटीकरमा आदिबासी जनजीतिलाई शीप बिकाश तालिम प्रदान

इनेप्लिज २०७८ असोज २ गते १२:०८ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको पहिलो नेपाली सॅास्कृतिक लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्द र लायन्स क्लव रामग्राम शान्तिभूमिको संयुक्त आयोजनामा नेपाली समयानुसार हिजो बिहान १०:०० बजे एक बिशेष समारोह बिच स्थानिय आदिबासीहरुको शीप र श्रमको संरक्षण एवं प्रवर्ध्दन गर्ने उदेश्यले “शीप बिकाश कार्यक्रम” को उदघाटन लायन्स क्लव अफ रामग्राम शान्तिभूमिको अध्यक्ष ला. सुरज यादवको सभापतित्वमा सम्पन्न भयो।

लायन्स अन्तराष्ट्रिय ३२५ बी १ का एक्जिक्युटिभ चिफ ला. श्याम कुमार बस्यॅालले नवरपरासीको अति पिडछा जाति बसोवास गर्ने त्यस क्षेत्रका आदिबासी परिवारको २० जना छोरीहरुलाई उनिहरुको स्थानिय शीपको संरक्षणमा आयोजनाले सहयोग पुग्ने तथ्य बताउनु भयो।

अमेरिकाको फ्लोरिडा राज्यको एक मात्र नेपालीहरुको लायन्स क्लव ग्रेटर ओर्ल्याण्डोले आफ्नो सदस्यहरुको आर्थिक सहयोगबाट जम्मा गरिएको “सीड मनि” बाट हाल संकलित रकमबाट तालिमको क्रममा आवश्यक सामग्रि र प्रशिक्षणको लागि खर्च गरिनेछ भने तालिममा तयार गरिएका उत्पादित बस्तुहरुबाट आय बिकाश गर्दै उनिहरुको आर्थिक निर्भरतामा समेत सहयोग पुर्याउने क्लवको योजना रहेको ब्योहोरा उहॅाले बताउनु भयो भने ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्द लायन्स क्लव परिवारको तर्फबाट शुभकामना दिनुभएको थियो।


कार्यक्रममा नवलपरासी क्लवका अध्यक्ष संझना चौधरी, नानु कुमारी खड्का लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो। स्थानिय तवरमा समन्वय भूमिकाबाट सहयोग पुर्यॅाउने लायन्स क्लव रामग्राम र नवलपरासी रहेको छन् भने यस्तो बिकट र पिछडा जातिको लागि आर्थिक सहयोग प्रदान गरि आदिबासीलाई आर्थिक सबलिकरणमा सहयोग पुर्याउने अमेरिका स्थित फ्लोरिडा राज्यका नेपाली लायन्स क्लव परिवारलाई लायन्स क्लव रामग्राम शान्तिभूमिका चार्टर प्रेसिडेण्ड ला. सम्राट बस्यालले सहभागि सबैलाई धन्यवादज्ञापन गर्नुभएको थियो।

स्मरण रहोस् त्यसै गॅाऊका दुई बालकहरुलाई सहयोगि क्लवले ॲाखा उपचारको लागि समेत आर्थिक सहयोग जुटाई दिएको थियो।

प्रतिक्रिया