मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:२७
वासिङटन डिसी 20:42

दक्षिणी क्यालिफोर्नियामा भूकम्प

इनेप्लिज २०७८ असोज २ गते ११:५० मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यको दक्षिणमा ४.३ परिमाणको भूकम्प आएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार साँझ दक्षिणी क्यालिफोर्नियामा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।

लस एन्जलस क्षेत्र र कार्सन, लोमिता, र टोरेन्स सहित वरपरका शहरहरुमा भूकम्पको व्यापक महसुस भएको थियो।

राती ८ बजे स्थानीय सम्म कुनै चोटपटक वा महत्वपूर्ण क्षतिको कुनै प्रारम्भिक प्रतिवेदन आई नपुगेको सिएनएनले जनाएको छ । लस एन्जलस काउन्टी अग्नि बिभागका अनुसार अमेरिकी पूर्वीय समय राती ११ बजे उक्त भूकम्प आएको जनाएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण(युएसजीएस)ले भुकम्पको गहिराई ८.६ माईल (१४ किलोमिटर) रहेको बताएको छ। लस एन्जेलस अग्नि विभागले प्रतिवेदनको अनुगमन गरीरहेको छ ।

अग्निविभागका वाहनहरु र उदग्रबिमान (हेलिकप्टर)हरुले अनुमानित ४७० वर्ग माइल क्षेत्राधिकारमा कुनै क्षति वा आपतकालीन आवश्यकताको पहिचान गर्नको लागी गस्ती तथा अनुगमन गरि रहेको बताएका छन् ।

.​

प्रतिक्रिया