प्रमोदको गीत ‘परिष्कृत’मा प्रतिशा र सनीश रोमान्स

इनेप्लिज २०७८ असोज २ गते १२:१७ मा प्रकाशित

काठमाडौँ।लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको मार्मिक गीत ‘परिष्कृत’ सार्वजनिक भएको छ।आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा चन्द्र प्रसाई ‘परिष्कृत’को शब्द,राजेन्द्र सुवेदीको संगीत र बि.एन निराकरको एरेन्ज रहेको छ।

प्रेम र बिछोडको पिडा ब्यक्त गरेको गीतको भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय देख्न सकिन्छ।प्रतिशा र सनीशलाई रचु सुवेदी,विबेक सापकोटा,प्रभात किरण सिग्देल र सुमनता घिसिङले अभिनयमा साथ दिएका छन्।

सिम्पल थिममा थोरै लगानीमा निर्माण भएको गीतको भिडियोले गीतलाई सिगार्ने काम गरेको छ।सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशक हो।जसमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेले गरेका हुन्।गीत गीतकार प्रसाइकै च्यानल प्रसाइसन इन्टरटेनमेन्ट टुयुट्वबाट सार्वजनिक भएको हो।

एक दशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिस्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन्,भने धेरैले चर्चा समेत कमाइका छन्।चितवन स्थाई घर भएका प्रसाई सानैदेखि गीत,कविता गुनगुनाउने गर्दथे।गीत,कविता र गजल समेत लेखन गर्दै आएका प्रसाई पछिल्लो समय अमेरिका रहँदै आएका छन्।

प्रतिक्रिया