मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०७:३०
वासिङटन डिसी 21:45

अमेरिकाको मिसिगनमा एक शिक्षकले अभिभावकको अनुमति बिना बिधार्थीको कपाल काटेको आरोपमा १० लाख डलरको मुद्धा दायर

इनेप्लिज २०७८ असोज १ गते ११:३० मा प्रकाशित

अमेरिकाको मिसिगनमा एक शिक्षकले अभिभावकको अनुमति बिना बिधार्थीको कपाल काटेको आरोपमा १० लाख डलरको मुद्धा दायर गरेका छन् । ७ बर्षिय बालिकाको कपाल काटेकोले बिद्यालय जिल्ला ,पुस्तकाध्यक्ष र सहायक शिक्षक बिरुद्ध मुद्धा हालिएको छ ।

गत मंगलबार संघीय दलतमा उनीहरुले माउन्ट प्लीजेन्ट सरकारी बिद्यालयलाइ मुद्धा हालेका हुन् ।

बालिकाको संवैधानिक अधिकार हनन भएको, जातीय भेदभाव, जातीय धम्की, भावनात्मक कष्ट र आक्रमण जानी जानी गरेको आरोप लगाईएको छ ।

बिधार्थीकि आमाले गत मार्च महिनामा उनि घर आउदा एक तर्फको कपाल काटी दिएको र बिद्यालयको गाडीमा कपाल काटिएको भनि उनले एपीलाई बताएकी थिइन् भनि एबिसीन्युजले समाचार लेखेको छ ।

प्रतिक्रिया