मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:०२
वासिङटन डिसी 19:17

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट १ लाख ५० हजार संक्रमित ,१,९६९ जनाको मृत्यु

कूल ६ लाख ७० हजार २ सय ३१ जनाको निधन ,कूल ३ करोड २३ लाख ४७ हजार कोरोनामुक्त

इनेप्लिज २०७८ असोज १ गते १०:३६ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख ५० हजार ३ सय ६६ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट १ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ ।

गत बिहिबार सेप्टेम्बर १६ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा दैनिक ९ प्रतिशत संक्रमित संख्यामा कमी भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ७० हजार २ सय ३१ जनाको निधन भएको छ भने दैनिक औसतमा २९ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसैगरी गत बिहिबारकै दिन सम्म कूल ९७ हजार ४ सय २४ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ५ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड १७ लाख ९० लाख ७ सय पुगेको छ ।

यसैगरी १५ लाख २० हजार ३ सय ३९ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने संख्या दरमा ४ प्रतिशतको वृद्धि भएको छ । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५४.२ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६३.५ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७६.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६५.४ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म ३ करोड २३ लाख ४७ हजार ७ सय २६ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३ प्रतिशत र पूर्ण खोप ८२.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड २७ लाख छ भने हाल सम्म ४६ करोड २३ लाख ८४ हजार ८ सय ८५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

तस्बिर :एबिसीन्युज

प्रतिक्रिया