मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०८:०९
वासिङटन डिसी 22:24

राष्ट्रव्यापी कविता प्रतियोगितामा कविता पठाउने मिति थप गरिएको सूचना

इनेप्लिज २०७८ असोज १ गते ०:३३ मा प्रकाशित

पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले राष्ट्रव्यापीरुपमा माध्यमिकस्तरमा कविता प्रतियोगिता आयोजना गरिने भएको छ।प्रतिष्ठानले माध्यमिक तहमा (कक्षा ९ देखि १२ कक्षासम्म)अध्ययनरत दलित समुदायका छात्रछात्राहरूको सहभागिता रहने गरी नेपाली भाषामा दुइसय शब्दमा नबढाई लेखिएको कविताहरु प्रतियोगितामा समावेश गर्न विध्यार्थीहरुबाट कविता आव्हान गरेको छ।

राष्ट्रिय स्तरमा प्रथम,द्धितीय र तृतीय हुने प्रतियोगीहरूलाई एक समारोहमा पुरस्कार स्वरुप क्रमशःरु ३०,०००(तीस हजार),रु २०,०००(बीस हजार) र रु १०,०००(दश हजार)नगद सहित प्रमाणपत्र प्रदान गरिने छ।यस अघि कविता कविता कविता पठाउने मिति भदौ ३१,२०७८ सम्ममा तोकिएकोमा वर्तमान अवस्थामा विद्यालयहरु राम्ररी सञ्चालन हुन नसकेकोले कविता पठाउने मिति यही असोज २०,२०७८ सम्म थप गरिएको छ।संस्थाका सचिव हरिशरण परियारद्धारा प्रसित प्रेस विज्ञप्तिमा सो जानकारी उल्लेख गरिएको हो।

कविता [email protected] ईमेलमा पठाउन अनुरोध गरिएको छ ।कविता जातीय भेदभाव र असमानताको विरुद्ध लेखिएको चेतनामूलक हुनुपर्ने, कविता मौलिक र अप्रकाशित हुनुपर्ने र गालीगलौज,अश्लील शब्द प्रयोग गरिएको वा व्यक्तिगत आँच आउने कविताहरू प्रतियोगितामा सामेल नगरिएको कविताहरु पठाउन अनुरोध गरिएको छ।यसका अतिरिक्ति कविताको साथमा एकप्रति फोटो सहित सहभागीको नाम,ठेगाना,विद्यालयको नाम, कक्षा र सम्पर्क फोन नम्बर समेत उल्लेख गर्न अनुरोध गरिएको छ ।प्रथम,द्धितीय र तृतीय प्रतियोगीहरूले पुरस्कार वितरण समारोहमा स्वयं उपस्थित भई कविता वाचन गर्न पनि अनुरोध गरिएको छ।यससम्बन्धमा अन्य जानकारी आवश्यकता भएमा [email protected] मा इमेल गर्न वा सम्पर्क:डा.मानबहादुर विश्वकर्मा (९८५११३५२८२),रणेन्द्र बराली (९८५५०५५७०३) वा आर.बि.निश्चल (९८४७०६८१२५) संग सम्पर्क गर्नुहुन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया