मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:०७
वासिङटन डिसी 20:22

डिसीमा गाडी कुदाइ रहेको समयमा गोली चलाउदा महिलाको निधन

इनेप्लिज २०७८ भदौ ३१ गते ११:०२ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिन्फ्तन डिसीमा गाडी कुदाइ रहेको समयमा गोली चलाउदा महिलाको मृत्यु भएको छ । गत बुधबार गोली चल्दा अर्का एक जना पनि घाइते भएको डिसी प्रहरीले जनाएका छन् ।

उक्त गोलीबारी डिसीको दक्षिणपूर्व स्थित १३ औ गल्ली तथा कंग्रेस मार्गमा भएको हो । प्रहरीहरु त्यहा पुग्दा ३७ बर्षिय टारशाका चापेल नामक महिलालाई गोली लागेको थियो ।

प्रहरीका अनुसार उक्त महिला मेरिल्याण्ड टेम्पल हिल नामक शहरकी निवासी थिइन् भने उनको निधन चोट पटकको कारण भएको थियो ।

उनलाई अस्पताल लगिएता पनि उको अस्पतालमै मृत घोषित गरिएको थियो । प्रहरीले उक्त घटनामा एक सवारी साधन (कार)को तस्बिर सार्वजनिक गर्दै १७-१८ बर्षको संदिग्ध अस्वेत युवक भएको जनाएको छ भनि एनबिसी वाशिंगटन डटकमले समाचार लेखेको छ ।

यसै गरि ३:३० बजे दिउसो एक मनोरंजन केन्द्रमा एक जनालाई गोली प्रहार गरिएको प्रहरीले जनाएका छन् । उनको अवस्था खतरामुक्त रहेको र दुवै स्थानमा गोली काण्ड गराउनेहरुको पहिचान गर्न प्रहरीले समुदायलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया