मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:१५
वासिङटन डिसी 19:30

कोलोराडोमा बाचन प्रवीण गुरु दिनबन्धु पोखरेलको उपस्थितीमा प्रवचन हुदै

नातिबाबु भट्ट २०७८ भदौ ३१ गते ९:४० मा प्रकाशित

नातिबाबु भट्ट,सेक्टेम्बर १५,२०२१-कोलोराडो,अमेरीका- नेपाली भाषीको बाक्लो बसोबास रहेको कोलोराडोमा सुप्रसिद्ध वाचन प्रवीण दिनबन्धु पोखरेलको उपस्थितीमा सत्संग कार्यक्रमको आयोजना गरिने भएको छ।

यही सेक्टेम्बर १७ सुक्रवारका दिउंसो २ बजे देखी सांझ ६ बजेसम्म पुराणा सम्पन्न भएको स्थान भिलेज एक्सचेन्च सेन्टर अरोरामा आयोजना गरिन लागेको अरोरा निवासी जगदिश चन्द्र ढकालले बताएका छन्।पंण्डित पोखे्रलको मुखारबिन्दबाट बाचन हुने प्रवचन तथा भजन किर्तन कार्यक्रममा सहभागी भई आध्यात्मिक ज्ञान प्राप्त गर्नुहुन कोलोराडो बासी सबैलाई हार्दिक निमन्त्रणा गरिएको छ।

नेपाली समुदायको विशेष अनुरोधमा गुरुले समय मिलाउनु भएकोले यस विशेष अवसरमा सहभागी हुनपाउने मौका नगुमाउन सबैलाई अनुरोध गरिएको छ।

कोलोराडोमा कृयाशिल सबै संघ संस्थाका पदाधिकारी गन्यमान्य,बुद्धीजिवी,समाजसेवी,कलाकार,पत्रकार ब्यावसायी,सर्वसाधरण सबैलाई यो संदेश घर–घरमा पुर्याई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनहुन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया