मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:४०
वासिङटन डिसी 19:55

चीनलाई धक्का दिन अमेरिका र बेलायतले अष्ट्रेलियालाई परमाणु पनडुब्बी प्राप्त गर्न मद्दत गर्ने खुलासा

इनेप्लिज २०७८ भदौ ३० गते २२:५७ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले बुधवार अस्ट्रेलियालाई परमाणु शक्तियुक्त पनडुब्बी प्राप्त गर्न मद्दत गर्ने नयाँ प्रयासको खुलासा गरेका छन् । यो चीनसंग सामना गर्ने दिशामा एउटा प्रमुख कदम हो ।

यो घोषणा संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र बेलायत बीच एक नयाँ त्रिपक्षीय साझेदारीको भागको रूपमा आएको हो ।

उक्त खुलाशा तीन देशहरुका नेताहरुले संयुक्त रूपबाट बुधवार दिउँसो खुलासा गरेका छन् । तीनै देशका नेताहरुले भौतिक रुपमा भेटघाट नगरी परोक्ष (भर्चुअल ) रुपमा कुराकानी गरि उक्त महत्वपूर्ण निर्णय गरेका हुन् ।

“संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युनाइटेड किंगडम लामो समय देखि वफादार र सक्षम साझेदार भएको छ र हामी आज पनि नजिक छौं,” राष्ट्रपतिले बाइडेन भने।

“आज, हामी हाम्रा तीनै राष्ट्रहरु बीच सहयोगलाई गहिरो र औपचारिक बनाउनको लागी अर्को ऐतिहासिक कदम चाल्दै छौं, किनकि हामी सबैले लामो समयसम्म हिन्द-प्रशान्तमा शान्ति र स्थायित्व सुनिश्चित गर्नको आवश्यकतालाई मान्यता दिएका छौं।” भनि सिएनएनले समाचार लेखेको छ ।

 

प्रतिक्रिया