मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०५:१७
वासिङटन डिसी 19:32

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट १ लाख ५२ हजार संक्रमित,१,८८८ जनाको मृत्यु

मृत्यु दर ४० प्रतिशत वृद्धि

इनेप्लिज २०७८ भदौ ३० गते ११:१७ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख ५२ हजार १ सय ७७ पुगेको छ । त्यस्तै कोरोनाबाट १ हजार ८ सय ८८ जनाको मृत्यु भएको छ ।

गत मंगलबार सेप्टेम्बर १४ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा दैनिक ५ प्रतिशत संक्रमित संख्यामा कमी भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ६४ हजार २ सय ३१ जनाको निधन भएको छ भने दैनिक औसतमा ४० प्रतिशतले मृत्यु दर बढेको छ ।

गत मंगलबार दिन सम्म कूल ९९ हजार २ सय ७५ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ३ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड १४ लाख ४८ लाख ६ सय २१ पुगेको छ ।

यसैगरी १५ लाख ८३ हजार ९ सय ४० जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने संख्या दरमा १५ प्रतिशतको वृद्धि भएको छ । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५४ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६३.२ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७५.८ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६५.१ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म ३ करोड २१ लाख ७६ हजार ७ सय ८४ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९२.८ प्रतिशत र पूर्ण खोप ८२.५ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड २७ लाख छ भने हाल सम्म ४५ करोड ८७ लाख ७१ हजार ४ सय ६५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया