मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०३:२९
वासिङटन डिसी 17:44

क्यालिफोर्नियाका डेमोक्र्याटिक गभर्नरले आफ्नो पद र कुर्सी बचाए, ट्रम्पलाई धक्का

"यो देशमा ट्रम्पवाद मरेको छैन," उनले भने ।

इनेप्लिज २०७८ भदौ ३० गते १०:४८ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यका डेमोक्र्याटिक गभर्नर ग्याभिन न्युजमले मतदानद्वारा आफ्नो पद बचाउन सफल भएका छन् । र ,उनको यो बिजयी संगै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठुलो झापड हानेका छन् ।

गत मंगलबार उनलाई उक्त पदमा राख्ने र पदबाट फिर्ता बोलाउने भन्नेमा मतदान हुँदा जनताले उनलाई यथावत उही पदमा राख्नेमा मतदान गरि उनलाई बचाएका छन् । अर्थात् उनि क्यालिफोर्नियाका लागि आफ्नो अवधि सम्पति न्हुनेजल सम्म गभर्नरपदमा रहने पक्का भएको छ । उनलाई राख्ने या हटाउनेमा मतदान हुँदा उनको शानदार बिजयी भएको छ ।

उनले कोभिड-१९ र कोरोना सम्बन्धि कार्यकारी आदेश तथा अनिवार्यता गर्दा रिपब्लिकनहरुले उनले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको र जबर्जस्ति मुखावरण (मास्क ) लगायत कुरामा नेतृत्व गर्न नसकेको भनि फिर्ता बोलाउने (रिकल इलेक्सन )भनि मतदान गर्दा उनको पक्षमा मत आएकोले उनि बालबाल बचेका छन् ।

उनले कोरोनामा महत्पूर्ण र अत्यन्तै राम्रो काम गरेकोले जनताले उनलाई पत्याएका छन् । सेप्टेम्बर १४ का दिन सम्पन्न मतदानमा ट्रम्पका पक्षलाई हराई दिएका छन । उनलाई सबैले उनलाई हटाउनु या फिर्ता गर्नु हुदैन भन्नेमा मतदान गरेका कारण उनको पद यथावत भएको छ भनि एबिसीन्युजले समाचार लेखेको छ ।

निर्वाचन जिते पछि न्यूजमले भने, “हामीले विज्ञानलाई हो भन्यौं, हामीले खोपलाई हो भन्यौ , हामीले यस महामारीको अन्त्य गर्न हो भन्यौ ।” “हामीले क्यालिफोर्नियालीहरुको रूपमा प्रिय मान्ने ती सबै चीजहरुको लागी हो भन्यौ , र म एक अमेरिकीको रूपमा बहस गर्नेछु ।
.

“यो देशमा ट्रम्पवाद मरेको छैन,” न्यूजमले मंगलबार राती भने ।

 

प्रतिक्रिया