सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५३
वासिङटन डिसी 04:08

अमेरिकामा कोभिड-१९ प्रतिबन्धको बिरूद्ध लड्ने रूढिवादी रेडियोकर्मी कोरोना संक्रमणबाट मृत्यु

अहिले सम्म खोपको बिरोध गर्ने र मास्क (मुखावरण )लगाउन बिरुद्ध जाई लाग्ने ७ जना रूढिवादी रेडियोकर्मीको कोरोनाबाट निधन

इनेप्लिज २०७८ भदौ ३० गते ०:०८ मा प्रकाशित

 

अमेरिकामा कोभिड-१९ मुखावरण (मास्क )प्रतिबन्धको बिरूद्ध झुझारू रुपले लड्ने रूढिवादी रेडियोकर्मी कोरोना संक्रमणबाट मृत्यु भएको समाचार बाहिर आएको छ । उनले कोभिड बिरुद्ध अदालत सम्म पनि पुगेको संचार माध्यमले उल्लेख गरेका छन् ।

बब एन्यार्ट, रूढिवादी क्रिश्चियन रेडियोकर्मी र डेनभर बाइबिल गिर्जाघर (चर्च)का पूर्व पादरी (पास्टर) कोभिड-१९ को संक्रमण गत सेप्टेम्बर १ मा मृत्यु भएको छ । कोभिड-१९ प्रतिबन्धको बिरूद्ध लडिरहेको बेला मृत्यु भएको छ ।

गत सोमबार एन्यार्टका ६२ वर्षीय साथी तथा रियल साइन्स रेडियोका सह-आतिथ्य फ्रेड विलियम्सले सामाजिक संजालमा उनको मृत्यु भएको प्रकाशित गरेका ठुये तर अहिले उनले त्यो हटाएका छन् ।

उनले यो दुखद घटनाले मेरो मन भारी भएर आएको छ । मेरो घनिष्ठ मित्र भन्दै रियल साइन्स रेडियोका सह-आतिथ्यले उनि कोभिडसंग लडाईमा हरे भनि विलियम्सले लेखेका थिए ।

बब एन्यार्टका निकै फुर्तिलो ,तीक्ष्ण थिए । र उनलाई बुद्धिमानी व्यक्ति ठान्दछु भनि लेखेका छन् ।

एन्यार्ट मुखावरणको अनिवार्यता र खोप वितरण बिरूद्ध उभिएका थिए । एन्यार्टले आफ्नो कार्यक्रम वैज्ञानिकहरुले कथित रुपमा फाइजर, मोडेर्ना, र जोनसन एण्ड जोन्सन खोप “गर्भपतन भएका शिशुहरु को कोषहरु” मा परीक्षण गरेका थिए भनि बयान दिएका थिए ।

अहिले सम्म खोपको बिरोध गर्ने र मास्क (मुखावरण )लगाउन बिरुद्ध जाई लाग्ने ७ जना रूढिवादी रेडियोकर्मीको कोरोनाबाट निधन भै सकेको छ ।

प्रतिक्रिया