सोमबार, असोज ४ २०७८
काठमाडौं १३:०७
वासिङटन डिसी 03:22

फ्लोरिडामा सन् २००७ मा ६ बर्षको उमेरमा अपहरणमा परेकी छोरी र आमा बीच पुनर्मिलन

इनेप्लिज २०७८ भदौ २९ गते २२:५९ मा प्रकाशित

फ्लोरिडामा सन् २००७ मा ६ बर्षको उमेरमा अपहरणमा परेकी छोरी र आमा बीच पुनर्मिलन भएको छ । फ्लोरिडाको क्लेरमोन्ट प्रहरी विभागले गत सोमबार घोषणा गरि आमा छोरी बीच पुनर्मिलन गराई दिएको छ । फ्लोरिडाको आफ्नै घरबाट सन् २००७ मा अपहरणमा परेकी थिइन् ।

एक समाचार विज्ञप्ति अनुसार क्लेरमन्ट जासुस जासूस बिभागले गत सेप्टेम्बर २ मा एन्जेलिका भेन्सस-साल्गाडोबाट दूरभाष (फोन )प्राप्त भएको उल्लेख गरेको छ ।

उनको छोरी ज्याकलिन हर्नान्डेजले सामाजिक संजालमा मार्फत सम्पर्क गरेको अधिकारीहरुलाई बताए। हर्नान्डेजले आफ्नी आमालाई आफू मेक्सिकोमा भएको बताइन।

सेप्टेम्बर १० मा टेक्ससको लारेडोको द प्वाइन्ट अफ एन्ट्री(प्रवेश द्वार) मा उनलाई भेट्न अनुरोध गरेकी थिइन् भनि प्रहरीले बताए ।

सीपीडीले राज्य र संघीय संस्थाहरुसंग पुनर्मिलनको प्रक्रिया अगाडी बढाउन समन्यव गरेको थियो । गत सेप्टेम्बर १० मा अमेरिकी होमल्याण्ड सुरक्षा अनुसन्धान, अमेरिकी भन्सार र सीमा सुरक्षा, र लारेडो प्रहरी विभागका अधिकारीहरूले जोडालाई लारेडो सीमामा रोकेका थिए ।

विज्ञप्तिमा भनिएको छ, एन्जेलिका र क्लेरमन्ट प्रहरी विभागले यी संस्था(एजेन्सी)हरुलाई उपलब्ध गराएको दस्तावेजको आधारमा ती महिला वास्तवमै ज्याकलिन हर्नान्डेज हुन् जो २००७ मा अपहरणमा परेकी थिईन् ।

हर्नान्डेज, अब १९ बर्ष भएकी छिन भने उनि र आमा बीच १४ बर्ष पछि पुनर्मिलन भयो भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया