बालबालिका भविष्यका कर्णधार भएकोले योजना सहित शिक्षा प्रदान गर्नुपर्छ–मन्त्री साम्सोहाङ

इनेप्लिज २०७८ भदौ २९ गते २२:४९ मा प्रकाशित

विराटनगर,२९ भदौ ।प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले बाल दिवसको उपलक्ष्यमा आयोजित बक्तृत्वकला प्रतियोगिताका विजयी बालवालिकालाई आज यहाँ नगद पुरस्कार एवं प्रमाणपत्रद्वारा सम्मान गर्नु भयो।सामाजिक विकास मन्त्रालयद्वारा बाल गृहमा रहेका बालबालिकाहरुवीच प्रदेश स्तरीय बक्तृत्वकला प्रतियोगितामा कोरोना सङ्क्रमण:बालबालिकाको भोगाई र शिक्षामा असर विषयक प्रतियोगितामा १२ वटा बालगहृका बालबालिकाको सहभागिता रहेको थियो।

सिविन नेपाल विराटनगरकी विनिका शर्मा प्रथम ,महिला विकास तथा बालवालिका चेतना केन्द्र(नमुना बालगृह) उर्लावारीकी आस्था परियार द्धितीय, एसओएस बालग्राम इटहरीकी पुष्पा यादव तृतीय र तारा नमस्ते बालग्राम विर्तामाडकी भावना चौहानले सान्त्वना पुरस्कारबाट पुरस्कृत हुनु भएको छ।

प्रतियोगतामा बिजयी बालबालिकालाई रु १० हजार, सात हजार, पाँच हजार र तीन हजार नगद सहित प्रमापत्र प्रदान गरिएको मन्त्रालयकी सामािजक विकास महाशाखा प्रमुख दुर्गा भण्डारीले जानकारी दिनु भयो।सहभागिहरुवीच भदौ २७ गते अनलाईन मार्फत प्रतियोगिता गरिएको थियो।

पुरस्कार वितरण समारोहमा मन्त्री साम्सोहाङले बालबालिका मुलुकको भविष्यको कर्णधार भएकोले उनीहरुको वृत्तिविकासका लागि अहिलेदेखि नै योजना बताउनु पर्ने बताउनु भयो।

उहाँले देश र समाजको विकासका लागि बालबालिकालाई शिक्षाको माध्यमबाट संस्कार प्रदान गर्न अभिभावकहरुलाई आग्रह गर्नु भयो।

भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री,पत्रकार महासंघ प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले संविधानले बालअधिकार व्यवस्थित गरेको हुनाले उनीहरु राष्ट्रको सम्पत्ति भएको धारणा राख्नु भयो।

मन्त्रालयले प्रदेशको पहिलो बालमैत्री नगर भद्रपुरलाई विशेष सम्मान गरेको थियो ।भद्रपुर नगरपालिकाले गत बर्षको पुस ७ गते बालमैत्री नगर घोषणा गरेको थियो।

 

 

प्रतिक्रिया