सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५८
वासिङटन डिसी 04:13

क्यालिफोर्नियाका एक मानिसलाई हातहतियार सहित डिसीमा पक्राउ

इनेप्लिज २०७८ भदौ २९ गते ११:२९ मा प्रकाशित

क्यालिफोर्नियाका एक मानिसलाई हातहतियार सहित डिसीमा पक्राउ गरिएको छ । उनलाई गत सोमबार सेप्टेम्बर १३ का दिन डिसी प्रहरीले पक्राउ गरेको हो

उनलाई घुम्ती प्रहरी टोलिले गस्ती गर्ने क्रममा उनिसंग थुप्रै चक्कु सहित गिरफ्तार गरेको जनाएको छ ।

साथै उनको सवारी साधनमा स्वस्तिका र स्वेत सर्वोच्चतावादी चिन्ह भएको समेत पाइएको छ ।

क्यालिफोर्निया ओसनसाइड स्थानका ४४ बर्षिय डोनाल्ड क्रेगहेडलाई हतियार राखेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएका छन् । उनलाई डेमोक्रेटिक नेसनल समितिको मुख्यालय निर फेला पारिएको थियो ।

उनले स्वेत सर्वोच्चतावादी विचारधारा र स्वेत सर्वोच्चता सम्बन्धी बोलेको प्रहरीले बयानमा उल्लेख गरेको समाचार एनबिसी वाशिंगटनले लेखेको छ ।

प्रतिक्रिया