सोमबार, असोज ४ २०७८
काठमाडौं १३:२०
वासिङटन डिसी 03:35

रुसका राष्ट्रपति पुटिन कोरोना संक्रमितहरुसंग भेटघाट गरे पछि स्वयम् निगरानीमा

इनेप्लिज २०७८ भदौ २९ गते ११:०२ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन कोरोना संक्रमितहरुसंग भेटघाट गरे पछि स्वयम् निगरानी( सेल्फ आइसोलेसन ) मा बसेका छन् । सेप्टेम्बर १४ मंगलबारका दिन क्रेमलिनले उनिसंग भेटघाट गर्नेहरु कोभिड-१९ बाट संक्रमित भएको पाइएकोले स्वयम् निगरानीमा बसेको जनाएको छ ।

उनले जाँच गराउदा संक्रमित नदेखिएको र उनि स्वस्थ रहेको क्रेमलिनले बताएको छ । पुटिनले कोभिड-१९ बिरुद्धको खोप लगाई सकेका छन् । उनले गत मार्च महिनामा लगाएका हुन् ।

क्रेमलिनको वक्तब्य अनुसार रूसी राष्ट्रपतिले आफ्नो वरिपरि कोरोनाभाइरसको पहिचान गरिएको स्वीकार गरेको जनाएको छ । मंगलबार ताजिकिस्तानका पूर्व राष्ट्रपति इमोमाली रहमोनलाई भेट दिएका थिए ।

साथै पुटिनका तय भएका अन्य कार्यक्रमहरु श्रब्यदृश्य (जुम )मार्फत सहभागी हुने जनाएको सिएनएनले समाचार लेखेको छ ।

तस्बिर :बिजनेस स्टानडर्ड

 

प्रतिक्रिया