सोमबार, असोज ४ २०७८
काठमाडौं १४:०३
वासिङटन डिसी 04:18

अमेरिकामा एकै दिनमा कोरोनाबाट १,८२७ जनाको मृत्यु ,मृत्यु दर ३६ प्रतिशत वृद्धि

पछिल्लो २४ घन्टामा १ लाख ७२ हजार संक्रमित

इनेप्लिज २०७८ भदौ २९ गते १०:३६ मा प्रकाशित

 

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख ७२ हजार ४ सय ४ पुगेको छ । यसै गरि कोरोनाबाट १ हजार ८ सय २७ जनाको मृत्यु भएको छ ।

गत सोमबार सेप्टेम्बर १३ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा औसतमा दैनिक ८ प्रतिशत संक्रमित संख्यामा वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ६१ हजार ५ सय ७९ जनाको निधन भएको छ भने दैनिक औसतमा ३६ प्रतिशतले मृत्यु दर बढेको छ ।

गत सोमबार दिन सम्म कूल १ लाख ८७ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा २ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड १२ लाख ८९ लाख ६८ जना पुगेको छ ।

यसैगरी १६ लाख ४४ हजार १ सय ३९ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने संख्या दरमा ८ प्रतिशतको वृद्धि भएको छ । अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५३.९ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६३.२ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७५.७ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६५ प्रतिशतले लगाई सकेका छन् ।

अमेरिकामा हाल सम्म ३ करोड २० लाख ६२ हजार ९ सय ५ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९२.८ प्रतिशत र पूर्ण खोप ८२.५ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड २७ लाख छ भने हाल सम्म ४५ करोड ६७ लाख ५५ हजार ७ सय ५५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया