काठमाडौँ।गायक हिमाल सागरको स्वर,संगीतमा समावेश ‘एकादेशको कथा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतमा श्याम पराजुलीको शब्द रहेको छ भने संजय हमालले यस गीतलाई संगीत संयोजन गरेका हुन्।अमेरिकाको पिट्सबर्ग, पेन्सिलवेनियामा भिडियोको छायांकन भएको हो।निर्माण टिमले जानकारी गराए अनुसार छायांकन एयरपोर्टनै २ घण्टा होल्ड गरेर गरिएको थियो।
महँगो लगानीमा निर्मित यस गीतको म्युजिक भिडियोमा व्यबसायी तथा मोडल पूर्ण लम्सालको साथमा लक्ष्मी ओली फिचर्ड छन्।प्रविन मानन्धरले सम्पादन गरेको यस भिडियोलाई दिलकृष्ण श्रेष्ठले निर्देशन गरेका हुन्।यमुना लम्साल प्रस्तुतकर्ता रहेको यस भिडियोको निर्मात्री बिष्णु मैनाली लम्साल हुन्।पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
यसअघि गायक हिमाल सागर संगको सहकार्यमा मोडल लम्साल अभिनित ‘तिमी छौ र’,’भुलिदेउ’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ।
भिडियो लिंक
प्रतिक्रिया