सोमबार, असोज ४ २०७८
काठमाडौं १४:१८
वासिङटन डिसी 04:33

अनेसास काेलाेराडाे शाखा विशेष परिषद गठन

नातिबाबु भट्ट कोलोराडो अमेरीका २०७८ भदौ २९ गते १:३६ मा प्रकाशित

नातिबाबु भट्ट-काेलाेराडाे -अमेरिका-सेप्टेम्वर १३,२०२१ अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरकाे हालै सम्पन्न कार्यसमितिकाे बैठकले च्याप्टरकाे विधान २०१२ पहिलो संशोधन २०१२० अनुसार सल्लाहकार समितिको परामर्शमा विशेष परिषदको गठन गरेको छ।

गठीत विशेष परिषदमा अनेसास ट्रष्टी सदस्यबाट दुई जना र अनेसास कोलोराडो शाखाको पूर्व अध्यक्षहरुबाट तीन जना गरी जम्मा पाँच जना सदस्य रहने व्यवस्था गरिएकाे छ।यसरी गठन गरिएको विशेष परिषदको सदस्यहरुमा अनेसास बोर्ड अफ ट्रष्टिका उपाध्यक्ष पदम विश्वकर्मा,ट्रष्टी सदस्य कोलोराडोका समाजसेवी तथा व्यवसायी नारायण श्रेष्ठ,पूर्व अध्यक्ष तथा साहित्यकार प्रभा आचार्य,पूर्व अध्यक्ष तथा साहित्यकार भुपेन्द्र महत र पूर्व अध्यक्ष तथा अनेसासका केन्द्रीय सदस्य तारा अधिकारी रहेका छन्।

विशेष परिषद सदस्यहरुको पदावधि ३ बर्षको हुनेछ।विशेष परिषदलाइ शाखाको विधानमा स्वतन्त्र अगंको रुपमा रहने गरी व्याख्या गरिएको छ।परिषदलाई कार्यसमितिले नियमित रुपमा हुनुपर्ने निर्वाचन गराउन नसकेको अवस्थामा तथा कार्यसमितिका सदस्यहरु माथी अविश्वास प्रस्ताव अगाडि बढाउनुपर्ने जस्ता विशेष परिस्थितिहरुमा हस्तक्षेपकारी विशेष अधिकार प्रदान गरिएको संस्थाका अध्यक्ष राजु सिटाैलाले बताएका छन्।

प्रतिक्रिया