सोमबार, असोज ४ २०७८
काठमाडौं १४:१८
वासिङटन डिसी 04:33

टाईसनलाई २ पटक हराउने होलीफिल्ड बुढेसकालमा मुड्की प्रतियोगितामा भाग लिंदा अर्काले घुँडा टेकाए

इनेप्लिज २०७८ भदौ २८ गते ०:४१ मा प्रकाशित

कुनै जमानाका मुडकी प्रतियोगिताका अत्यन्तै चर्चित मुड्कीवाज खेलाडी इभानडर होलीफिल्ड प्रतियोगितामा चित खाएका छन् । उनले ५८ बर्षको उमेरमा मुड्की(बक्सिङ्ग)प्रतियोगितामा भाग लिने आए पछि अमेरिकी युएफसीका हल्का वजनका पूर्व बिजेता ४४ बर्षिय भिटोर बेलफोर्ट संग नराम्रो संग हार खाएका छन् ।

होलिफिल्ड दशकौ पछि खेल खेल्न आएका उनले पराजित भोग्नु परेको थियो । गत शनिबार सेप्टेम्बर ११ का दिन फ्लोरिडाको जुवा घर सेमिनोल हार्ड रक होटल (अतिथि गृह)मा सम्पन्न खेलमा प्रथम चरममै प्राविधिक रुपमा बाहिरिएका छन् । उनलाई बेलफोर्टले हानेको दह्रो मुड्कीको कारण डोरी बाहिर पुर्याई दिएका छन् ।

बेलफोर्टले निकै द्रुतगतिमा प्रहार गरे तर उनले सकेनन । किनभने उनि युएफसीका आफ्नो तौल समूहका बिजेता हुन् । होलीफिल्डलाई कस्सिएर हानेको मुडकीको कारण दुई पटक डोरीमा लडेका थिए । निर्णायकले त्यस पछि खेल बन्द गर्नु परेको थियो ।

होलिफिल्ड उक्त खेल खेल्न अस्कार डे ला होयालाई कोरोना लागे पछि केही हप्ताको सूचना पछि होलीफिल्डले मौका पाएका हुन् । बेल्फोर्टले मुड्की प्रतियोगिता जिते पछि होलिफिल्ड र टाइसन ३० मिलियन (३ करोड डलर) को लागि भिडन्त भै रहदा म पनि दुई अन्य प्रतिस्प्रद्धि संग भिडन्त गरि रहेको सम्झना गरेको संचार माध्यमलाई बताएको समाचार सिएनएनले लेखेको छ ।

यो एक सौभाग्य भएको छ ,उनले थपे ।

प्रतिक्रिया