फेरी आयो सवारी मेरो रेलैमा

इनेप्लिज २०७८ भदौ २७ गते १३:१४ मा प्रकाशित

काठमाडौं,२७ भदौ-रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ।उनले बि.सं. १९८४ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा पहिलो नेपाली आधुनिक गीत ‘सवारी मेरो रेलैमा…’ बोलका गीत रेकर्ड गरार्एकी थिईन्।मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो।प्रथम नेपाली गायिका मेलवादेवीले रेकर्ड गराएको यो गीत यतीबेला पुन रेकर्ड भएको छ।

यो गीतलाई यसपटक सविन सुवेदी र बेनिशा पौडेलले गाएका छन्।काठमाडौंको अनामनगरमा रहेको म्युजिक किचेनले यो गीत पुन रेकर्ड गराएको हो।

यो गीत सुन्नको लागि आफु खोज्दा सहज रुपमा नपाएपछि नेपालको पहिलो यो गीत सबैले सहजै रुपमा सुन्न पाउन भनेर पुरानै भावमा आफुले रेकर्ड गराएका यसका पुन एरेन्जर राजेन्द्र बजगाईंले बताएका छन्।

गीतमा पुन संगीत संयोजन राजेन्द्रले गरेका हुन्।गीतलाई मनोज परियारले मिक्सिङ गरेका छन्।

मेलवादेबी प्रति समर्पण गरिएको यो गीतको भिडियो बनाएर राजेन्द्र बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियोलाई केशब राज भट्टले तयार गरेका हुन्।जसमा गोविन्द अन्जानको छायाँकन र राजेश कुमारको सम्पादन छ।यो गीतलाई गायक सविन र गायिका बेनिशाले न्याय गरेको छन्।गीत पुरानै स्वादमा तयार भएको छ।

प्रतिक्रिया