सोमबार, असोज ४ २०७८
काठमाडौं १३:१४
वासिङटन डिसी 03:29

मेरिल्याण्डमा प्रहरीलाई बन्दुक ताके पछि प्रहरीको गोलीबाट मानिसको मृत्यु

इनेप्लिज २०७८ भदौ २७ गते ११:२५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डमा प्रहरीलाई बन्दुक ताके पछि प्रहरीको गोलीबाट मानिसको मृत्यु भएको छ । मेरिल्याण्डको उपनगर क्षेत्रमा उक्त घटना भएको हो प्रहरीले गत शनिबार बताएका छन् ।

गत शुक्रबार दिउसो उक्त घटना अक्सन हिलको आवासीय भवनमा भएको प्रिन्स जर्ज काउन्टीलले बिज्ञप्तिमा जनाएको छ भने गोलीबाट २९ बर्षिय सेड्रिक विलियम्स नामक व्यक्तिको ज्यान गएको छ ।

एक कर्मचारीले अधिकारीलाई बताए अनुसार वर्दीधारी प्रहरी अधिकारीले उक्त सम्पत्ती (प्रोपर्टी )बाट विलियम्सलाई छोड्नको लागी भनेता पनि त्यहाँ झगडा हुन् पुग्यो ।

प्रहरी र उक्त व्यक्ति बीच चर्काचर्की र भनाभन भयो । पछि कुस्ताकुस्ती परे पछि संदिग्धले उसको पुस्तकझोलाबाट बन्दुक लिएर यसलाई गोली हान्न आए उसले गोली हानेनन ,विलियम्सले बन्दुकलाई झाडीमा फ्याँकि दिएको जानकारी अन्वेषकहरुले बताएका छन् ।

अनुभवी अधिकारीले त्यसपछि विलियम्सलाई दुई पटक बिधुतिय झट्का अर्थात् अर्ध बेहोस हुने टेजर हाने । तर त्यसले काम गरेन । विलियम्सले त्यसपछि एआर -१५ शैलीको राइफल जस्तो देखिनेले प्रहरीलाई ताके र पछि प्रहरीले गोली चलाए पछि उनको निधन भयो । उक्त बन्दुक सक्कली बन्दुक झैँ रहेको विभागले जनाएको छ ।

तर शनिबार साँझ सम्म रेप्लिका (नक्कली)झैँ बन्दुकको बारेमा प्रहरीले थप जानकारी दिएका छैनन् भनि एबिसीन्युजमा समाचार छ ।

उक्त गोली चलाउने प्रहरीले प्रहरी बिभाग २००९ मा प्रवेश गरेका हुन् भने उनको नाम सार्वजनिक गरिएको छैन । उनि बिदामा बसेका छन् भने आन्तरिक जाँच हुने बताईएको छ ।

प्रतिक्रिया