बेलायतमा १५५औं मोती जयन्ती तथा मुक्तक वाचन भब्य रुपमा सम्पन्न

इनेप्लिज २०७८ भदौ २७ गते ११:१८ मा प्रकाशित


नेपाल मुक्तक प्रतिष्ठान युके शाखाको आयोजनामा सेप्टेम्बर ११ का दिन १५५औं मोती जयन्ती तथा मुक्तक र गजल वाचन कार्यक्रम भर्चुअल जुम माध्यमबाट भब्य रुपमा सम्पन्न भएको छ।दुई चरणमा संचालन गरिएको उक्त कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष्य रामकाजी कोनेले मोतीराम भट्टको जीवनीमा प्रकास पार्दै उनी नेपाली गजल र मुक्तक विधाका एक अनुकरणीय महान साहित्यकार भएको कुरा गरेका थिए भने नेपाल मुक्तक प्रतिष्ठान युकेका बरिस्ठ सल्लाहकार डा. रुपक श्रेष्ठले उनको व्यक्तित्व तथा कृतित्व बारेमा सविस्तार चर्चा गरेका थिए।मोतीराम भट्ट बारे चर्चा गर्दै डा. श्रेष्ठले भने उनी बहुआयामिक व्यक्तित्वका धनी थिए,छोटो उमेरमा उनले नेपाली साहित्यका दर्जनौ पुस्तकहरु प्रकासन गरे,खासगरी मुक्तक र गजललाइ निकै उचाई दिए र भानुभक्तलाई आदिकवीको रुपमा रुपमा नेपाली साहित्यमा स्थापित गरे।

कार्यक्रममा मुक्तककारहरु नृपेश उप्रेती,कुमार केसी,प्रतिमा केसी,जीत बुढाथोकी छन्त्याल,नानु राना थापा,अहिल्या कुँवर र मोहन आचार्य जलदले ४/४ वटा रसिक तथा समसामयिक बिषयमा मुक्तक प्रस्तुत गरेका थिए भने डा.रुपक श्रेष्ठ,राज श्रेष्ठ,सेमन्त वालाक्पा राई,भरत लोहोरुङ्ग राई,गङ्गा भण्डारी,सुमल कुमार गुरुङ, रामकाजी कोने र दुर्गा प्रसाद पोख्रेलले क्रमश १/१ गजल र २/२ वटा प्रेमिल तथा देशप्रेमले भरिएका गजल र मुक्तक वाचन गरेका थिए।

नेपाल मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष्य दुर्गा प्रसाद पोख्रेलको अध्यक्ष्यता,सल्लाहकार बिनोद अधिकारीको संयोजन र महासचिव नृपेश उप्रेतीको संचालनमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष्य रामकाजी कोने थिए भने अतिथिहरुमा बरिष्ठ सल्लाहकार डा.रुपक श्रेष्ठ र सल्लाहकार सुमल कुमार गुरुङ थिए।कार्यक्रममा सहभागी साहित्यकारहरुलाई उक्त कार्यक्रमका संयोजक बिनोद अधिकारीले स्वागत गरेका थिए भने सेमन्त राईले मीठो बाँसुरीको धुनले स्वागत गरेका थिए।कार्यक्रमको दोस्रो सत्रको संचालन अहिल्या कुँवरले गरेकी थिइन।जुम प्रबिधीबाट सम्पन्न गरिएको उक्त कार्यक्रमलाई अमेरिकाबाट संचालित ईनेपाली डट कमले फेसबुक लाइभ गरेको थियो।

प्रतिक्रिया