सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५४
वासिङटन डिसी 04:09

युएस खुला टेनिस प्रतियोगिता २०२१ बेलायती किशोरी इमा राडुकानुले जितिन

इनेप्लिज २०७८ भदौ २७ गते ०:०९ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा शनिबार सम्पन्न युएस खुला टेनिस प्रतियोगिता २०२१ बेलायती किशोरी इमा राडुकानुले जितेकी छिन । यस पटक लामो समयको अन्तराल पछि दुई किशोरीहरुको भिडन्त भएको थियो । दुवै जनाले उनीहरुको खेलको अद्वितीय प्रदर्शनको कारण बिश्वलाई आश्चर्य चकित बनाउन सफल भएका छन् ।

१८ बर्षिय बेलायती किशोरी खेलाडी इमा राडुकानुले क्यानडाकी १९ बर्षिय होनहार खेलाडी लेलाह फर्नानडेजलाई हराई उपाधि जित्न सफल भएकी छिन । आज भएको खेलमा राडुकानुले ६-४ ,६ -३ मा हराई ग्रान्ड स्लाम ( महान धमाका खेल ) हात पारेकी छिन ।

यो बिजयी संगै उनि १९७७ पछि बेलायती महिलाले यो खेल जित्ने प्रथम महिला भएकी छिन । यसको अतिरिक्त उनि यो प्रतियोगिता जित्ने सबै भन्दा युवा खेलाडी भएकी छिन ।

यो प्रतियोगिता संगै उनको यो दोश्रो महान धमाका खेल(ग्रान्ड स्लाम) हो । उनले न्यूयोर्कमा खेल खेल्नु अगाडी शीर्ष ४० मा पनि पर्दिन थिइन् । यो खेल जित्ने बित्तिकै उनि १५० स्थानबाट २३ औ स्थानमा उक्लिएकी छिन । उक्त प्रतियोगिता अमेरिकामा सेप्टेम्बर ११ का दिन आतंकवाद आक्रमण भएको २० औ बार्षिकोत्सव मनाई रहेको समयमा खेल भएको थियो ।

प्रतिक्रिया