सोमबार, असोज ४ २०७८
काठमाडौं १२:५३
वासिङटन डिसी 03:08

नेवा समुदायका वरिष्ठ समाजसेवी मदन ताम्राकार अब रहनु भएन

सेप्टेम्बर १४ का दिन अन्तिम संस्कार गरिने

इनेप्लिज २०७८ भदौ २६ गते २३:३७ मा प्रकाशित

जन्म : जनवरी २ ,१९३७
मृत्यु : सेप्टेम्बर १० ,२०२१

हार्दिक श्रद्धान्जली

अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आउनु भएका वरिष्ठ समाजसेवी मदन ताम्राकार अब हामी बीच रहनु भएन । उहा हामी बीच केवल सम्झनामा मात्र रहनु हुनेछ ।

गत सेप्टेम्बर १०,२०२१ शुक्रबारका दिन राती ८ बजेर १५ मिनेटको समयमा ८४ बर्षको उमेरमा मेरिल्याण्ड राज्यको आफ्नै निवासमा उहाको निधन भएको छ । डिसी महानगर क्षेत्रको नेवा समुदायका एक हस्ती र चिर परिचित ताम्रकारको जन्म नेपालमा जनवरी २ ,१९३७ मा भएको हो ।

मेरिल्याण्डमा स्थापित नेपा पास पुचः अमेरिकाए (एनपीपीए)का संस्थापक सदस्य हुनु हुन्थ्यो भने नेपा गुठीको जेष्ठ सदस्य (थाकुली)समेत रहनु भएको थियो । स्व ताम्राकारका ४ छोरा,४ छोरी,४ बुहारी ,२ जना ज्वाई,१२ नातीनातिनी,३ नातीनीज्वाई,१ नातिनी बुहारी तथा ६ जना पनातिहरु रहेका छन् ।

स्व ताम्राकार अमेरिका ३ दशक भन्दा अगाडी आउनु भएको थियो । बुहारी रेश्मी रंजितले दिएको जानकारी अनुसार उहाको अन्तिम संस्कार आगामी सेप्टेम्बर १४ का मंगलबारका दिन हुने भएको छ ।

दाह संस्कार बिहान ११ बजे देखि सुरु हुनेछ । दाह संस्कार मेरिल्याण्ड राज्यको क्यारोल काउन्टी स्थित बरियर -क्विन फ्युनेरल होममा हुनेछ । उक्त अन्तिम संस्कारमा सहभागी हुँदा मास्क (मुखावरण)लगाएर आउन सबैलाई अनुरोध गरिएको छ ।

Location: Burrier-Queen Funeral Home
1212 West Old Liberty Road
Winfield, Maryland 21784

ईनेप्लिज परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

 

प्रतिक्रिया