अमेरिकाकी सफल एन्ट्रोप्रोनर नेपाली चेली सगुनमा आबद्ध

सुरेन उप्रेती अटवा क्यानडा २०७८ भदौ २५ गते ९:५९ मा प्रकाशित

 

सुरेन उप्रेती अटवा क्यानडा ,सेप्टेम्वर ९-अमेरिकालाई मानिसहरू ड्रिम अफ लेण्ड भन्ने गर्दछन्।हुन पनि संसारको छाना सङगठन युनाइटेड नेसनको सबै भन्दा बढी २२ प्रतिशत लगानी दातामा अमेरिकनै आउँछ।संसारभरी चाहे भोकमारी हटाउन होस या युद्ध दवाउन।हतियार बनाउन होस् या हतियारहरू बेच्न।सदैब शक्ती राष्ट्रका रूपमा चिनिन चाही रहने देश हो अमेरिका।शिक्षा,रोजगार,पैसा सबै पाइने सपनाको देश अमेरिका।शिक्षा आर्जन गर्ने क्रममा सन १९९४ मा नन्दी भट्टराई अमेरिका आउनु भयो।आफ्नो श्रीमानले दुई बर्ष अध्ययन पश्चात यमुना भट्टराई पनि अरू मानिसले देख्ने जस्तै श्वर्गिय आनन्दको सुखभोग गर्न सन १९९६ मा अमेरिका आउनु भयो।तर कल्पना गरे जस्तो परदेशमा कहाँ सहज हुन्थ्यो र ? काम गर्न गएकै दिन भूँईँ पुच्छ्नु पर्यो।नेपालमा पाँच बर्ष जती टेलिकममा जागिर खाँदाका दिनहरूको याद आयो।उमेरले प्रौढ भएका दिदीहरू खलखली पशिना निकाल्दै भूईँ पुच्छथे।मेडम ! पानी खाने भन्दै पानी ल्याई दिन्थे।सम्झँदा पनि उनको कटक्कै मुटुका टियो।भक्कानो फुटेर अरूण र बरूण झैँ आँशु बगे।कतीखेर अपार्टमेण्टमा पुग्ने र श्रीमान नन्दी भट्टराईलाई नेपाल फर्कौ भनेर ढिप्पी कस्ने भन्दै आइन।तर तुरून्तै फर्कन पनि कहाँ सजिलो थियो र ! मनलाई गाँठो पार्दै काममा लागिन।काम गर्दै जाँदा कुनै पनि काम सानो ठूलो हुँदैन।मानिसको काम हेरेर मूल्याङ्कन गर्ने सँस्कार नै गलत हो भन्ने थाहा भयो।मानिसको श्रमलाई सम्मान गर्नु पर्छ भन्ने ज्ञान र भावना विकाश भयो।

साढेसात बर्ष सलेक्स सिटी यूटामा बसे पछी स-परिवार डालसमा बसाई सरे।सँधैअरूको काम गरेर हुँदैन केही गर्नु पर्छ भन्ने सल्लाह भयो।केही बर्षसम्म उचित व्यवसायको खोजी गरे पछी ग्याँस स्टेसनबाट व्यवायमा प्रवेश गरे।ग्याँस स्टोरलाई बढाउँदै लिक्वइरको स्टोरमा पनि हात बढाए।अमेरिकाको टेक्सस राज्यमा एकजनाले २०० बटा सम्म लिक्वइर स्टोर खोल्न पाइन्छ।तर अरू राज्यमा त्यस्तो सुविधा छैन।यमुनाले पनि लिक्वइर स्टोरहरूको संख्या बढाउँदै लगिन्।वालमार्ट आदि स्टोर र ग्रोसरी स्टोरहरूलाई लिक्वइर बेचविखनको अनुमति छैन तर ती स्टोरहरूले बेच्न पाउनु पर्छ भनेर मुद्धा लड्दैछन्।यदी ती स्टोरहरूले लिक्वइर बेच्न पाए भने पराना लिक्वइर स्टोरहरू सुक्छन्।यमुना भट्टराईलाई Warren Buffet को “Do not put all your eggs in one Basket” भन्ने भनाईले पनि निक्कै प्रभावित बनायो।उनले रियल स्टेटमा लगानी बढाउने सोच ल्याइन।श्रीमानले पनि उनको सोचलाई हेरौँन त भनेर अगाडी बढ्न दिए।हाल आएर टेक्सससका हाईवे छेउका हजारौँ एकड जग्गामा लगानी गरेको छ।बिभिन्न ठाउँमा डिपार्टमेण्टल स्टोरहरू,हाउजिङ आदिमा लेण्डडिभलोप गराएर एक डिभलोपरका नामले परिचित गराएको छ।सयौँको संख्यामा मानिसहरूले रोजगार पाएका छन्।अमेरिकामा डिभलोपरहरूको भेला र प्रदर्शनीमा जाँदा अधिकांस पुरूषहरू एन्ट्रोप्रनर भएर आउँछन धेरै जसो महिलाहरू कामदारका रूपमा आएका हुन्छन्।यमुनालाई देख्दा अमेरिकन महिलाहरू पनि आँखा ठूला बनाएर अचम्म मान्छन्।उनको शाहस र सफलता देखेर सबै महिलाहरू गर्व गर्छन्।

यो सफलताको राज के हो ? नेपाली महिलाहरूलाई सफलताको यात्रामा जान के गर्नु पर्छ ? भन्ने प्रश्नको उत्तर दिँदै यमुना भन्छिन्।एन्ट्रोप्रोनर हुन पुरानो सोचलाई परिवर्तन गर्न सक्नु पर्दछ।छोरालाई बिवाह गरेर बुहारी ल्याउने र घर चलाउने गरिन्छ।छोरीलाई बिवाह गरेर अर्काको घर जानु पर्छ भन्ने सोच सानै देखि भरिन्छ।चाहे छोरा हुन या छोरी।घर चलाउन दुबैको उत्तिकै महत्व हुन्छ।उनीहरू दुबै सक्षम हुनु आवश्यक छ।उनीहरूलाई नयाँ नयाँ कामहरू गर्न प्रेरित गर्नु पर्छ।नयाँ कामका सपना देख्न दिनु पर्छ।सफलता प्राप्त गर्न नयाँ कामको थालनी गर्नु पूर्व त्यसको अध्ययन गर्न जरूरी छ रिसर्च राम्रो भए पछी जोखिम मोल्ने आँट गर्न पनि सक्नुपर्दछ।आफुले थालेको व्यवसायमा मेहनत र निरन्तरताले सफलतामा पुर्याउँछ।त्यसमा समयले भनौँ भाग्यले पनि साथ दिनु पर्दछ।

यमुना भट्टराईले सगुनमा पाँचलाख डलर( Half Million Dollar )लगानी गरेकी छन्।किन यति ठूलो लगानी गर्नु भयो भन्ने प्रश्नमा यमुना भन्छिन।सगुनलाई पहिलै देखि नै नियालेर हेर्दै थिएँ।पटक पटक लगानीका प्रस्ताबहरू पनि आएका थिए।अव यती धेरै प्रगति गरेको स्टार्टप कम्पनीमा लगानी गर्न सकिएन भने भोली पश्चाताप मात्र हुन्छ भन्ने लाग्यो।लगानी गर्ने भनेकै स्टार्टप कम्पनीमा हो भन्ने मेरो अनुभव पनि छ।स्टार्टप कम्पनीमा मात्र अत्यधिक मुनाफा हुने सम्भावना हुन्छ।सगुन स्टार्टप कम्पनी हो र यसको भविष्य निकै उज्वल देखेकी छु।एउटी नेपाली चेलीको शाहस क्षमता र विज्ञताले सारा नेपाली नारीहरूको मात्र नभएर समस्त नेपालीहरूकै शिर उच्च भएकोछ।सबैकी प्रेरणाकी श्रोत बनेकीछन् यमुना भट्टराई।

–सुरेन उप्रेती अटवा क्यानडा

प्रतिक्रिया