सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५६
वासिङटन डिसी 04:11

तुंगनाथको संगीत यात्रा नेपाली Lullaby देखि संस्कृतका hymns र chants हुँदै अंग्रेज़ी Luv song सम्म …

इनेप्लिज २०७८ भदौ २४ गते ११:०५ मा प्रकाशित

क़रीब एक दशक भन्दा केही अघी भर्जीनिया,म्यारील्याण्ड र डी सि क्षेत्रका हाम्रा प्रायः सबै जस्ता सामाजिक संस्थाले लगभग हप्तैपिच्छेआयोजना(Organize)गरेका सभा/ समिति, पिकनिक्,उत्सव आदिका भेलामा सके सम्म नछुटाईकन उपस्थित भएर मंगलाचरण अथवा आफ्नो कविता वा संगीतमय सिर्जना गायन् गरेर कार्यक्रम को सुभारम्भ गर्न मदद पुर्याउने व्यक्तियको नाम हो तुंगनाथ उपाध्याय।

ई॰ २००६ को १८ नभेम्बर शनिवार का दिन वाशिंगटन डी सी मेट्रो क्षेत्रका साहित्य तथा संगीतानुरागी केही सज्जन हरुको आयोजनामा George Mason Regional Library को Annandale मा आयोजित तीन घन्टे लामो तुंगनाथ को विभिन्न एकल प्रस्तुति पछी उहाँलाई सम्मान गर्दै सम्वर्धना गरिएको थियो । सन २००८ को जुलाईमा अन्तर्राष्ट्रीय नेपाली साहित्य समितिको वाशिंगटन डी सी मा आयोजित भानु जयन्ती साहित्यिक कार्यक्रममा – तुंगनाथ उपाध्याय ले आफना सिर्जना ‘श्रद्धा सुमन’ का लागी प्रथम पुरष्कार प्राप्त गर्नु भयो ।l

ई॰ सन् २००२ डीसेम्बर मा नेपाल कै इतिहास मा (विभिन्न सास्त्रिय श्लोका दिलाई लिएर )पहिलो संस्कृत श्रव्य चक्का (Audio Cassettes) ‘अर्चना’ निकाल्नु भयो।नेपाल का ‘लिटल् एन्जल्स’ , महेन्द्र भवन आदि गरेका केही प्रतिष्ठित विद्यालयहरुका लागी sports song र अंग्रेज़ीमा School Anthem लेख्नु भएका तुंगनाथले आज सम्म परिवेश र माग बमोजिम असमीया ,बंगाली,हिन्दी,नेपाली ,अंग्रेज़ी आदि विभिन्न भाषामा गीत लेखी सक्नु भएको छ ।आसाम North East Region कै नेपाली गीत को पहिलो cassettes ‘हाम्रो गीत’ निकाल्ने तत्परता पछी २०४५ तिर MN बाट निस्किएको ‘अंतरा’ क्यासेट मा मौलिक ‘निँदरी’ गीत पस्किंदै को ९० को दशक मै भरतीय दूरदर्शन का निम्ति आफ्नै रचनामा हिन्दी ग़ज़ल प्रस्तुत गरिलक्नुभएका तुंगनाथले अमेरिकामा पनि kavitangan.com मार्फत साहित्यिक कार्यक्रम र स्कूलें भाई- बैनी र अभिभावकलाई आवद्ध गराएर need.guru भन्ने Plate-form बाट विद्यार्थी भाई बैनीहरु को धेरै सुन्दर र सर्वथा नौला ,मौलिक प्रस्तुती मन्दिर आदि लगायत अनेपाली हरुका बीचमा पनि विभिन्न कार्यक्रम स्थलमा संगीतमय प्रस्तुति दिई सक्नु भएको छ।

ई॰ सन २००६ जुलाई मा भएको नेवर्क (New york) मा सम्पन्न ANA को साहित्यिक तथा सांस्कृतिक कार्यक्रम को सुरूवात पनि तुंगनाथ कै मंगलाचरण र भानुभक्तीय रामायण को संगीतमय प्रस्तुति बाट भएको थियो।

सन् २०१२ मा सम्पन्न 30th ANA convention,Dallas ,Tx मा २४ जना विद्यार्थी भाई बहिनीहरुको समूहलाई महिनाव्यापी प्रशिक्षण दिएर – आफ्नै रचना र संगीतको समूह गायन ‘स्वागत गीत’ प्रस्तुत गराउनु भएको थियो ।Blood Donors of America द्वारा धेरै स्वस्थ कर्मी तथा सामाजसेवी हरुलाई सहभागी गराएर २८ मे २०१६ मा आयोजना गरिएको Dallas Tx को एक ठूलो रक्तदान कार्यक्रममा धेरै जनाको समूहले गायन गरेको inauguration (opening) song को रचना र संगीत पनि तुंगनाथ ले नै गर्नुभएको हो जसमा YouTube को Nepsisters channel मा गाउने उनका छोरी द्वाय अंतरा र गुंजन ले पनि गाएगा थिए।

गत २०१६ मा July ३१ आईतबार Arlington VA स्थित central Library मा भानुभक्त को रामायण को एक घन्टा लामो संगीतमय एकल प्रस्तुति दिएर दर्शक श्रोतालाई मन्त्र मुग्ध बनाउने उनै तुंगनाथ को गीत संगीतमा यहीं का गायकले गाएको THAT’S ALRIGHT …. भन्ने बोलके एउटा अंग्रेज़ी गीत YouTube को tungaatv बाट आईरहेछ – यसलेई हेरौं / सुनौं न त कस्तो छ ?

 

प्रतिक्रिया