सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५२
वासिङटन डिसी 04:07

भर्जिनियामा आई पुगेका अफगानिस्तानका शरणार्थीलाई लुगा सहयोग गर्न आह्वान

इनेप्लिज २०७८ भदौ २४ गते १:११ मा प्रकाशित

अमेरिकाको भर्जिनियामा आई पुगेका अफगानिस्तानका शरणार्थीलाई लुगा सहयोग गर्न आह्वान गरिएको छ । अफगानिस्तान तालिबानले नियन्त्रण गरे पछि गत अगस्त ३१ सम्म अमेरिकी सेना सहित अफगानी शरणार्थीहरु समेत अमेरिका आएका छन् ।

अमेरिकाको भर्जिनिया राज्यमा रहेका हजारौ अफगानी शरणार्थी जसमा बालबालिका र बृद्ध समेतहरुलाई केही लुगाफाटाहरुको आवश्यक परेकोले समुदायसंग त्यस्ता वस्त्रहरु रहेका छन् भनि दान गर्न अनुरोध गरिएको छ ।

लत्ताकपडाहरु रहेका छन् भने सामाजिक अभियन्ता आशिष संग्रौलाले घर दैलोमा आउने ईनेप्लिजलाई बताए । सामाग्रीहरु छोड्ने ठाउँ भर्जिनियाको स्यानटिली शहरमा तोकीएको छ भने त्यस पछि त्यहाँबाट सेनाको गाडीले उनीहरुलाई पुर्याउने जनाईएको छ ।

चाहिने लुगहरु बच्चाका लुगा,बच्चाका खानेकुराहरु (जार -बन्द गरिएका)बच्चाका टालो(डायपर्स) ,दाँत मन्जन तथा दात माझ्ने कुची(ब्रस).,बच्चाका खेलौना,जुत्ताहरु,नया भित्री वस्त्रहरु आदि इत्यादी दान सकिन्छ भने आशिष संग्रौलासंग सम्पर्क गर्न सकिने छ ।

उनीहरु हाल अस्थायी घरमा बसोबास गरि रहेका छन् भने उनिहरुलाई भान्छाका समान,फर्निचर तथा ल्याम्प(दीप) आदी पनि आवस्यक परेको छ ।

कपडा दान दिने भएमा त्यसलाई व्यवस्थित रुपमा पोको परेर दिन समेत आग्रह गरिएको छ भने त्यसमा त्यसमा बच्चा,मध्यम तथा वयस्कहरुको कसको समान हो त्यसमा उल्लेख गर्न समेत भनिएको छ ।

राम्रा प्रकारका वस्त्र तथा अन्य सामग्री दिन सक्नु हुनेछ । तपाईहरुलाई दान दिने इच्छा भएमा पुराना,दाग भएका ,रद्दी र काम नलाग्ने नभई उपयोग गरि रहने प्रकारका दिन समेत गरिएको छ ।

Name : Ashish Sangroula
Phone : 202-702-1642
Email : [email protected]

.Northern VA:
Place: A1 Nationwide Flooring
Address: 4425 Brookfield Corporate Dr #600, Chantilly, VA 20151
Drop off time: 9 AM to 9 PM

प्रतिक्रिया