विराटनगर,२२ भदौ।राष्ट्रिय विभूति एवं युवा कवि मोतीराम भट्टको १५६ औँ जन्म जयन्तीको उपलक्ष्यमा आज यहाँ विविध कार्यक्रम गरी मनाइएको छ।
विसं १९२३ भदौ कृष्ण कुशे औँसीका जन्मनु भएको उहाँको विसं १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो।
भाषाका मोतिराम भट्ट उपनाम समेतले नेपाली साहित्य र भाषामा प्रख्यात स्व. भट्ट नेपाली भाषा र साहित्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो।
नेपाली भाषामा गजलको प्रारम्भ समेत शुरुवात गर्नु भएको कवि स्व भट्टको गजलमा प्रेम,नारी संगत र सामिप्यता पाइन्छ।उहाँका गजलहरू श्रृङ्गार रसले भरिएका हुनाले नेपाली साहित्यकार र कविका माझ अत्यन्तै लोभलाग्दा छन्।
सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्व. भट्टको मूर्तिमा माल्यार्पण गर्दै नेपाली भाषा र साहित्यमा उहाँको योगदान अविश्मरणीय रहेको बताउनु भयो।
विराटनगर–७ का वडाअध्यक्ष मधुबाबु तिवारी,आरोहण गुरुगुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीलगायतले स्व भट्टको जीवनी बारेमा चर्चा गर्नु भएको थियो।
प्रतिक्रिया