सर्ट फिल्म ‘गहना’ मा नरेश र साया

इनेप्लिज २०७८ भदौ २२ गते २१:३५ मा प्रकाशित


काठमाडौं÷२२ भदौ।संचारकर्मी,निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ युट्युव च्यानल एक्शन कट नेपालमार्फत सार्वजनीक गरेका छन् ।करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको छ।

नजिकीदै गरेको हरितालिका तीजलाई मध्येनजर गरिएको ‘गहना’ मा बेरोजगारी,आर्थिक अभाव र सामाजीक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ।गहना नहुदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ। गहनाले झपक्कै भएर माइत जानुपर्ने,जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउछ भन्ने कुरालाई स्पष्ट रुपमा चलचित्रले प्रस्तुत गरेको छ।पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन्।

अभिनेता नरेन खड्का,साया भण्डारी र पुरन थापा मुख्य भूमिकामा रहेको चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेखेका हुन्।बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन्।ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पाश्र्वसंगीत छ।दिलासा कृएसनको ब्यानरमा श्रीदेवी,दिलासा र सारा सुवेदी निर्माता रहेको ‘गहना’ काठमाडौ आसपासमै खिचिएको हो।

प्रतिक्रिया