सँगीतकार दीपक शर्माले अनाथ बालबालिकासँग मनाए जन्मदिन

इनेप्लिज २०७८ भदौ २२ गते १०:३७ मा प्रकाशित


काठमाडौं,२२ भदौ सुनन चम्पा,पिरेम नलाउने,पहिलो नम्बरमा,पर्ख पर्ख मायाँलुसहित कैयौं हिट गीत नेपाली संगीत क्षेत्रका दिएका संगीतकार दीपक शर्माले अनाथ बालबालिकासँग आफ्नो जन्म दिन मनाएका छन्।

म्याग्दीबाट उच्च शिक्षाका लागि काठमाडौं आएर निकै सँघर्ष गरेपछि उनी संगीतकार भएका थिए।त्यही सँघर्षलाई सम्झेर बिगत झैं यसपटक पनि जन्मदिन अनाथ आश्रममा मनाएको उनले बताए।

जन्मदिनको अबसरमा सँगीतकार दीपक शर्मा आज बिहान काठमाडौंको मुलपानीमा कलाकार सुलेमान शँकर (इकु)ले सञ्चालन गरेको स्नेह आश्रममा पुगेका थिए।आश्रममा रहेका तीनै १४ जना बालकालिकासँग उनले खाना खाएर आफ्नो जन्म दिन मनाए।सोही क्रममा त्यहाँका बालबालिकहरुको लागि उनले आर्थिक सहयोग सहित विभिन्न पाठ्य सामग्री तथा स्टेशनरी सामग्रीहरु पनि प्रदान गरे।अनि ती बालबालिकाहरुलाई आफ्ना थुप्रै गीत सुनाएर उनले मनोरञ्जन दिए।उनीसँग त्यहाँ आश्रित १४ जना बालबालिका पनि खुसीले नाचेका थिए।

आफुले जन्म दिन गर्ने फजुल खर्चले उनले त्यहाँका बालबालिकालाई विभिन्न सामग्री किनिदिएका छन्।केक काट्दै जन्म दिन मनाउनु भन्दा अनाथ बालबालिकाहरुलाई केही सहयोग गर्दै जन्म दिन मनाउँदा खुसी लागेको उनले बताएका छन्।

प्रतिक्रिया