गजलका पिता मोतीराम भट्टको १५५ औ जयन्ती पेन्सीलभेनियाको ह्यारिसबर्क सहरमा मनाइएको छ। त्रिबेणी साहित्यिक मन्ञले आयोजना गरेको कार्यक्रमा यो संस्था अध्यक्ष नबिन भट्टराईले अध्यक्षता गरेका थिए भने भुटनिज कम्युनिटी अफ ह्यारीसबर्गका अध्यक्ष बिनय लुइँटेल प्रमुख अतिथी र साहित्यकार हरि फुयलले विशिष्ट आतिथ्यता ग्रहण गरेका थिए।
सेप्टेम्बर ५, २०२१ मा का दिन सम्पन्न भएको सो कार्यक्रममा भुटानी तथा नेपाली मुलका साहित्यकारहरूको उपस्थिती रहेको थियो। गन्डकी पुत्र, त्रीबिक्रम न्यौपाने, नेत्र आचार्य लगायतका साहित्यकारले कार्यक्रमको शोभा बढाएका थिए।
संस्था केशव बैरागी माइलाले सन्चालन गरेको कार्यक्रममा शेखर कोइराला चन्दले मोतीरामको जीवनी बाचन गरेका थिए।
कार्यक्रममा गजलकार दुखि अतुलको सौरभ र मन्द मुस्कान ग़ज़ल संग्रहको लोकार्पण गरिएको थियो। नारद आचार्य सुदामाले मन्द मुस्कान जंगल सङ्ग्रहको चर्चा गरे भने सौरभको चर्चा गन्डकी पुत्रले गरे।
भट्ट जन्म वि० सं० १९२३ भदौ २५ गतेगते शनिवारका दिन माता रिपुमर्द्नीनीदेबी र बाबा पं. दयाराम भट्टका कोखबाट काठमांडूको भैसीपाटी टोलमा जन्मीएर १९५३ भद्र कृष्ण कुसेऔसिकै दिन मृत्यु भएको हो।
२०१७ सालमा स्थापित त्रिवेणी मञ्च पुनर्वासित भुटानी तथा नेपाली साहित्यकारहरूको साझा संस्था हो। उक्त कार्यक्रममा स्थानीय कविहरुले कबिता र गजल वाचन गरेका थिए ।
प्रतिक्रिया